Logo

Oct 10 2026 | २०८३, आश्विन २४गते

भारत–पाकिस्तान तनाव : यी हुन् पछिल्ला घटनाक्रम र दाबीहरू

भारत–पाकिस्तान तनाव : यी हुन् पछिल्ला घटनाक्रम र दाबीहरू

काठमाडौं : भारत र पाकिस्तानबीचको तनाव चुलिँदै जाँदा, नियन्त्रण रेखाको दुवै पक्षमा गलत सूचना र पुष्टि नभएका हल्लाहरू फैलिरहेका छन्। अलजजिरा लगायतका अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूको सहयोगमा यहाँ पछिल्ला मुख्य घटनाहरूको सारांश प्रस्तुत गरिएको छ:

पाकिस्तानी सेनाको दाबी: पाकिस्तानले बिहीबार भारतले आक्रमणकारी ड्रोनहरू पठाएको र तिनले कम्तीमा दुई पाकिस्तानी सर्वसाधारणको ज्यान लिएको दाबी गरेको छ। पाकिस्तानी सेनाले आफ्नो आकाशमा भारतका २५ ड्रोन खसालेको पनि दाबी गरेको छ।

भारतको आरोप: भारतले पाकिस्तानले जम्मुस्थित अखनूर, साम्बा, कठुआ लगायत थुप्रै स्थानमा आक्रमण गरेको आरोप लगाएको छ। भारतको थप दाबी: पाकिस्तानले जम्मु, पठानकोट र उधमपुरका सैन्य केन्द्रहरूमा मिसाइल र ड्रोन आक्रमण गरेको भारतको भनाइ छ। यी स्थानहरू दुवै देशको सिमानासँग निकट छन्। पाकिस्तानी पाइलट पक्राउ ? : भारतीय मिडियाले एक पाकिस्तानी लडाकु विमानका पाइलट जैसलमेर नजिक विमानबाट इजेक्ट भएपछि भारतीय सुरक्षाकर्मीले पक्राउ गरेको रिपोर्ट गरेको छ।

पाकिस्तानको खण्डन: पाकिस्तानका सूचना मन्त्री अताउल्लाह तारडले बिहीबार जम्मु–काश्मीरमा पाकिस्तानले कुनै आक्रमण नगरेको दाबी गरेका छन्। उनले पाकिस्तानी सेनाले ‘अन्तर्राष्ट्रिय सीमा पार गरेर गोली नचलाएको’ र पाकिस्तानी पाइलट पक्राउ परेको दाबी पनि अस्वीकार गरेका छन्।

अमेरिकाको चिन्ता: अमेरिकी विदेश मन्त्री मार्को रुबियोले भारत र पाकिस्तान दुबैका नेताहरूसँग फोन वार्ता गर्दै ‘तात्कालिक तनाव कम गर्ने आवश्यकतामा जोड’ दिएका अमेरिकी विदेश मन्त्रालयकी प्रवक्ता टैमी ब्रूसले बताएकी छन्।

भारत र पाकिस्तानलाई युद्ध रोक्न अमेरिकाको आग्रह

अमेरिकास्थित पाकिस्तानी दूतको खुलासा : अमेरिकास्थित पाकिस्तानका राजदूत रिजवान सईद शेखले भारत र पाकिस्तानबीच राष्ट्रिय सुरक्षा तहमा सम्पर्क भएको पुष्टि गरेका छन्। तर उनले हालका घटनाक्रम र दुवैतर्फबाट आइरहेका उत्तेजनात्मक अभिव्यक्तिहरूको बीचमा तत्काल तनाव कम गर्न आग्रह गरेका छन्। सीएनएनसँगको अन्तर्वार्तामा शेखले भने, ‘अब तनाव न्यूनीकरणको जिम्मेवारी भारतको काँधमा छ, तर संयमित रहने कुरामा पनि केही सीमाहरू छन्। पाकिस्तानसँग जवाफ दिने अधिकार सुरक्षित छ। हाम्रो आम जनमत सरकारमाथि प्रतिक्रिया जनाउन दवाब दिइरहेको छ।’

पीएसएलका बाँकी खेल युएई सार्ने निर्णय : भारतसँगको चुलिंदो तनाव र बढ्दो सुरक्षा चिन्ताका कारण पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) ले पाकिस्तान सुपर लिग (पीएसएल) का बाँकी आठ खेल युनाइटेड अरेब इमिरेट्स (यूएई) सार्ने निर्णय गरेको छ।

पीसीबीका अध्यक्ष तथा पाकिस्तानका आन्तरिक मन्त्री मोहसिन नकवीले खेलाडीहरूको सुरक्षालाई ध्यानमा राख्दै यस्तो निर्णय गरिएको बताएका छन्। ‘पीसीबीको सधैंको धारणा रहँदै आएको छ कि राजनीति र खेललाई अलग राखिनुपर्छ,’ नकवीले बताएका छन्। उनले थपे, ‘तर, भारतको रङ्गशालालाई लक्षित आक्रमण जस्तो निकै गैरजिम्मेवार र खतरनाक कदमलाई ध्यानमा राख्दै पीसीबीले यो निर्णय गर्नुपरेको हो ।’ पीसीबीद्वारा जारी विज्ञप्तिमा नकवीलाई उद्धृत गर्दै उल्लेख गरिएको छ।

टर्कीका प्रधानमन्त्रीको प्रतिक्रियाः टर्कीका राष्ट्रपति रेसेप तैयप इर्दोगानले भारत र पाकिस्तानबी चलिरहेको तनावमाथि सामाजिक सञ्जाल एक्समा प्रतिक्रिया दिएका छन् । इर्दोगानले लेखेका छन्, ‘मिसाइल आक्रमणमा धेरै निर्दोष सर्वसाधारणको मृत्यु भएको खबरले हामी चिन्तित छौं कि भारत र पाकिस्तानबीचको यो तनाव अब गम्भीर संघर्षमा परिणत हुन सक्छ।’ इर्दोआनले एक दिनअघि पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफसँग फोनमा कुराकानी गरेका थिए।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij