Logo

Oct 22 2026 | २०८३, कार्तिक ६गते

पढाइ र भर्ना अभियान सँगसँगै अघि बढाउँदै विद्यालय

पढाइ र भर्ना अभियान सँगसँगै अघि बढाउँदै विद्यालय

काठमाडौँ : विद्यार्थी भर्ना अभियान र पठनपाठन सँगसँगै अघि बढेको छ । सरकारले वैशाख २ गतेदेखि १५ गतेसम्म विद्यार्थी भर्ना अभियान सञ्चालन गरेको थियो । तर, सोही समयमा शिक्षकहरूले शैक्षिक हड्तालसँगै सडक आन्दोलन गरेपछि विद्यार्थी भर्ना अभियान प्रभावित बनेको थियो । आन्दोलनरत शिक्षकहरूसँग सरकारले वैशाख १७ गते ९ बुँदे सहमति गरेपछि आन्दोलनका कार्यक्रम स्थगित गरेर शिक्षकहरूले पठनपाठन र विद्यार्थी भर्ना अभियान सहभागी भएका थिए ।

शिक्षा तथा मानव स्रोत विकास केन्द्रका निर्देशक राम प्रसाद शर्माले पठनपाठन र विद्यार्थी भर्ना अभियान सँगसँगै अघि बढेको बताए ।नयाँ शैक्षिक सत्रमा पठनपाठनको कार्य अघि बढेपछि सरकारले पठनपाठन र विद्यार्थी भर्ना अभियान सँगसँगै अघि बढाएको हो । शिक्षकहरूसँगको सहमितपछि देशभर पठनपाठनसँगै भर्ना अभियान सञ्चालनमा छ । कतिपय पालिका तथा विद्यालयहरूले शिक्षकहरूको आन्दोलनकै क्रममा समेत भर्ना अभियान सञ्चालन गरेका थिए । स्थानीय जनप्रतिनिधि तथा अभिभावकहरूको सहयोगमा विद्यार्थी भर्ना अघि बढेको थियो । भर्ना अभियान सुरु हुन नसकेका विद्यालयहरूले अहिले पढाइ र भर्ना अभियान सँगसँगै अघि बढाएका हुन् ।

सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षा प्राप्तीको सुनिश्चिता भन्ने आदर्श वाक्य सहित यो वर्षको शैक्षिक सत्र सुरु भएको थियो ।शिक्षा मन्त्रालयको तथ्यांक अनुसार प्रारम्भिक बाल विकास र शिक्षाको अनुभवसहित कक्षा १ मा भर्ना हुने बालबालिकाको संख्या ७६.३ प्रतिशत छ । आधारभूत तहको कुल भर्ना दर १२८ प्रतिशत, खुद भर्ना दर ९४.१ प्रतिशत र माध्यमिक तहको खुद भर्ना दर ५५.८ प्रतिशत रहेको शिक्षा मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट