Logo

Oct 10 2026 | २०८३, आश्विन २४गते

भारतको ड्रोन आक्रमणमा एक जनाको मृत्यु, चार पाकिस्तानी सैनिक घाइते

भारतको ड्रोन आक्रमणमा एक जनाको मृत्यु, चार पाकिस्तानी सैनिक घाइते

इस्लामाबाद: पाकिस्तानी सेनाका प्रवक्ता लेफ्टिनेन्ट जनरल अहमद शरीफ चौधरीले भारतले इजरायली ड्रोन प्रयोग गरेर पाकिस्तानमाथि आक्रमण गरेको बताएका छन् ।चौधरीका अनुसार बिहीबार लाहोरमा भएको ड्रोन आक्रमणमा चार पाकिस्तानी सेनाका सैनिक घाइते भएका छन्। मियानमा एक जनाको मृत्यु भएको छ।

ड्रोन आक्रमणहरू लाहोर, गुजरानवाला, चकवाल, रावलपिंडी, मियानो, चोर र कराँचीमा भएका थिए, जसमध्ये पाकिस्तानी सेनाले कम्तीमा १२ वटा भारतीय ड्रोनहरू खसाल्न सफल भएको प्रवक्ता चौधरीले दाबी गरे । अर्को ड्रोनले क्षति पुर्‍याउन सफल भएको छ। बुधबार भारतको हवाई आक्रमणपछि शरीफ चौधरीको यो तेस्रो पत्रकार सम्मेलन हो।

उता, पाकिस्तानका रक्षामन्त्री ख्वाजा आसिफले आफूहरुले भारतमा रहेका सैन्य निशानाहरूमा मात्र आक्रमण गर्ने बताएका छन् । उनले युद्ध भएमा पाकिस्तानले अन्तर्राष्ट्रिय कानूनको पालना गर्ने स्पष्ट पार्दै द्वन्द्वलाई सैन्य अड्डाहरूमा मात्र सीमित गर्ने जिकिर गरे।

बुधबार संसद्मा भाषण दिएपछि पाकिस्तानका प्रधानमन्त्री शाहबाज शरीफले टिभीमा जनतालाई सम्बोधन गरे। उनले आफूहरू आफ्नो देशको रक्षाको लागि अन्तिम साससम्म लड्ने बताए ।

पाकिस्तानी प्रधानमन्त्रीले भने, ‘भारतले रगतको प्रत्येक थोपाको मूल्य चुकाउनुपर्नेछ। हामीले प्रमाणित गरिसकेका छौँ कि पाकिस्तानलाई कडा जवाफ कसरी दिने भनेर थाहा छ।’

प्रधानमन्त्री शरीफले पाकिस्तानी सेनालाई सलाम गर्दै सम्पूर्ण राष्ट्र उनीहरूको बहादुरी र बलिदानमा गर्व गरेको बताए । शरीफले दुई पटक राष्ट्रलाई सम्बोधन गरे। पहिलो पटक उनले संसद्मा आफ्नो सम्बोधन दिए। यसपछि उनले टिभीमार्फत जनतालाई सम्बोधन गरे।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij