Logo

Oct 10 2026 | २०८३, आश्विन २४गते

टोकियोको प्राथमिक विद्यालयमा आक्रमण, पाँच कर्मचारी घाइते

टोकियोको प्राथमिक विद्यालयमा आक्रमण, पाँच कर्मचारी घाइते

टोकियो : जापानको राजधानी टोकियोको एक प्राथमिक विद्यालय परिसरमा बिहीबार दुई व्यक्ति प्रवेश गरी पाँच जना कर्मचारीमाथि आक्रमण गरेका छन् । आक्रमणबाट उनीहरूलाई सामान्य चोट लागेको जापानी सञ्चारमाध्यमले जनाएका छन् ।

प्रहरी स्रोतलाई उद्धृत गर्दै फुजी टिभीले भनेको छ, ‘पक्राउ परेका आक्रमणकारीले झ्याल फुटाएर एउटा कक्षाकोठामा प्रवेश गरेका थिए ।’ एएफपीले सम्पर्क गर्दा प्रहरीले तत्काल घटनाको पुष्टि गरेको छैन यद्यपि, जापानी सञ्चारमाध्यमले यसअघि दिएको जानकारीमा चार जना कर्मचारी घाइते भएको जनाएका थिए ।

जापानको राजधानी टोकियोको पश्चिममा रहेको ताचिकावा दाइसान प्राथमिक विद्यालयमा बिहीबार बिहान उक्त घटना भएको सरकारी प्रसारक एनएचकेले जनाएको छ । विद्यालयको वेबसाइटमा ५०० भन्दा बढी विद्यार्थी र ३० भन्दा बढी कर्मचारी रहेको उल्लेख छ । जापानमा कक्षा दुईमा अध्ययन गर्ने विद्यार्थीहरू औसत सातदेखि आठ वर्षका हुन्छन् ।

विद्यालयको टेलिभिजन फुटेजमा सुरक्षा कर्मचारी र प्रहरी अधिकारीहरूको टोली परिसर भित्र र वरपर हिँडिरहेको देखिन्छ। जापानमा हिंसात्मक अपराध तुलनात्मक रूपमा दुर्लभ छ, जहाँ हत्याको दर कम छ र विश्वमा सबैभन्दा कडा बन्दूक कानूनहरू कार्यान्वयनमा रहेका छन् ।

यस्तै अर्को एक घटनामा टोकियोको सबवेमा छुरा प्रहार गरी हत्याको प्रयासको आरोप लागेका एक व्यक्तिलाई बिहीबार पक्राउ गरिएको छ । उनीहरूले भीडभाडको समयमा दुई जनालाई घाइते बनाएका थिए ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij