Logo

Oct 22 2026 | २०८३, कार्तिक ६गते

पर्यटन सचिव सिंह अनिवार्य अवकाशमा

पर्यटन सचिव सिंह अनिवार्य अवकाशमा

काठमाडौँ : संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव विनोदप्रकाश सिंह अनिवार्य अवकाशमा गएका छन् । गएरातिबाट सचिव सिंह अनिवार्य अवकाशमा गएपछि मन्त्रालय आजबाट सचिवविहीन भएको छ ।

गृह मन्त्रालय, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र महालेखापरीक्षकको कार्यालयमा सचिव भएर काम गरेका सिंहलाई पर्यटनमन्त्री बद्रीप्रसाद पाण्डेले केही महिना अगाडि आफ्नो रोजाइमा पारेर मन्त्रालय भित्र्याएका थिए । गृहका क्याडर सिंह विभिन्न जिल्लामा प्रमुख जिल्ला अधिकारीको भूमिकामा पनि काम गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट