Logo

Oct 10 2026 | २०८३, आश्विन २४गते

भारतीय आक्रमणमा मृत्यु हुनेको संख्या ३१ पुग्यो : पाकिस्तान

भारतीय आक्रमणमा मृत्यु हुनेको संख्या ३१ पुग्यो : पाकिस्तान

काठमाडौँ : भारतले गरेको आक्रमणपछि पाकिस्तानी सेनाले मृत्यु हुनेको अद्यावधिक संख्या सार्वजनिक गरेको छ । पाकिस्तानी सेनाले उक्त आक्रमणमा परी ज्यान गुमाउनेको संख्या ३१ पुगेको बताएको हो ।

आक्रमणबाट ५७ जना घाइते भएका छन् । यसअघि कुल २६ जनाको मृत्यु भएको र ४६ जना घाइते भएको विवरण सार्वजनिक गरिएको थियो । यसैबिच, भारतीय सेनाले सीमाको आफ्नो छेउमा पाकिस्तानी गोलाबारीबाट कम्तीमा १५ जना सर्वसाधारणको मृत्यु भएको बताएको छ।

भारतले बुधबार राति गरिएको क्षेप्यास्त्र आक्रमण गत महिना पहलगाममा भारतीय पर्यटकहरूमाथि भएको घातक आतंकवादी आक्रमणको प्रतिक्रिया भएको बताउँदै आएको छ । भारत प्रशासित कश्मीरमा दशकौंदेखि विद्रोह भइरहेको छ जसले हजारौँको ज्यान लिएको छ। भारत र पाकिस्तान दुवैले कश्मीरलाई पूर्ण रूपमा आफ्नो दाबी गर्छन्।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij