नयाँ दिल्ली : भारतीय सेनाले पाकिस्तानमाथि गरेको हवाई आक्रमणपछिका केही घण्टामा घटनाक्रम द्रुत गतिमा परिवर्तन भइरहेका छन् । जम्मू कश्मीरको पहलगाममा पर्यटकहरूमाथि भएको आक्रमणको दुई हप्तापछि भारतले पाकिस्तान र पाकिस्तान प्रशासित कश्मीरका धेरै ठाउँमा आक्रमण गरेको छ । भारतले यी आक्रमणहरूलाई ‘अपरेसन सिन्दूर’ नाम दिएको छ ।
भारतले पाकिस्तानका नौ स्थानमा आक्रमण गरेको बताएको छ । पाकिस्तानका विदेशमन्त्री इशाक दारले आक्रमणमा आठ पाकिस्तानी नागरिकको मृत्यु भएको पुष्टि गर्दै यी आक्रमणहरूमा अन्य ३५ जना घाइते भएको बताएका छन् ।
भारतीय सेनाका प्रवक्ताले बीबीसीलाई बताएअनुसार काश्मिरमा पाकिस्तानी सेनाले गरेको गोलीबारीमा तीन भारतीय नागरिकको मृत्यु भएको छ । पाकिस्तान र भारतले धेरै क्षेत्रहरूमा स्कुल र कलेजहरू बन्द गरेका छन् । भारतीय सेनाले ‘अपरेसन सिन्दूर’ सुरु गरेपछि, धेरै एयरलाइन्सहरूले ट्राभल एड्भाइजरी जारी गरेका छन् ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij