Logo

Oct 10 2026 | २०८३, आश्विन २४गते

भारतले २४ वटा क्षेप्यास्त्र प्रहार गर्‍यो : पाकिस्तान

भारतले २४ वटा क्षेप्यास्त्र प्रहार गर्‍यो : पाकिस्तान

काठमाडौँ : पहलगाम आक्रमणको १५ दिन पछि भारतले पाकिस्तान र पाकिस्तान अधीनस्थ कश्मीरमा रहेका ९ आतङ्कवादी अड्डाहरूमा हवाई हमला गरेको छ । मंगलबार राति करिब १:३० बजे बहावलपुर, मुरिदके, बाग, कोटली र मुजफ्फराबादमा 'अपरेशन सिन्दूर' अन्तर्गत आक्रमण गरिएको हो ।

पाकिस्तानको इन्टर-सर्भिसेज पब्लिक रिलेसन्सका निर्देशक लेफ्टिनेन्ट जनरल अहमद शरीफ चौधरीले भारतले २४ वटा क्षेप्यास्त्र प्रहार गरेको बताएका छन् । आक्रमणमा परी दर्जनौँको ज्यान गएको खबरहरू आइरहेका छन् । भारतीय सञ्चार माध्यमहरूले सय जनाभन्दा बढीको मृत्यु भएको दाबी गरे पनि यसको आधिकारिक पुष्टि भइसकेको छैन ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij