Logo

Oct 10 2026 | २०८३, आश्विन २४गते

गाजामा बलजफ्ती कब्जा गर्ने नेतन्याहूको योजना, हमासविरुद्ध सैन्य आक्रमणको प्रस्तावमा सुरक्षा परिषदको अनुमति

गाजामा बलजफ्ती कब्जा गर्ने नेतन्याहूको योजना, हमासविरुद्ध सैन्य आक्रमणको प्रस्तावमा सुरक्षा परिषदको अनुमति

काठमाडौं : इजरायलको सुरक्षा परिषदले हमासविरुद्ध सैन्य आक्रमण विस्तार गर्ने प्रस्तावलाई अनुमति दिएको छ । जसमा गाजामाथि कब्जा गर्नेसहितको प्रस्ताव संलग्न छ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले परिषदले हमासलाई निमिट्यान्न पार्न र आफ्ना बाँकी बन्धकहरुको रक्षाका लागि ‘बलजफ्ती अभियान’ चलाउने निधो गरेका हुन् ।

गाजाका झण्डै २१ लाख नागरिकलाई स्थान्तरण गरिने समेत प्रधानमन्त्री नेतन्याहूको योजना छ । यद्यपि, सैनिकको घेराले कति क्षेत्र कब्जा गर्ने भन्नेबारे भने उनले बताएका छैनन् । सुरक्षा परिषदले निजी कम्पनीका माध्यमबाट सहायता पुर्‍याउने योजनालाई समेत सैद्धान्तिम रुपमा अनुमति दिएको छ । जसले दुई महिनाको नाकाबन्दीलाई प्रतिस्थापन गर्ने बताइन्छ ।

उता, राष्ट्रसंघले भने खाद्य संकटको जनाउ दिएको छ । राष्ट्रसंघ र अन्य सहायता एजेन्सीहरुले इजरायलको यो प्रस्ताव सर्वमान्य मानवीय सिद्धान्तको उल्लंघन हुने र यसमा आफुहरु सहयोग नगर्ने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij