काठमाडौँ: वृहत सांस्कृतिक कार्यक्रम सहित दक्षिण कोरियाको सोल सोंपामा शान्ति र मेलमिलापको नेपाली सांस्कृतिक महोत्सव सम्पन्न भएको छ ।सोल सोंपा जिल्लाको सोंनैडोङमा अवस्थित एचडब्लुपिएलको कार्यालयमा गत सनिवार आयोजित कार्यक्रममा कलाकार सिर्जना थापामगर र सुनिता तामाङको, तापस प्रधान लगायतको प्रस्तुति दिनु भएको थियो ।
साथै कार्यक्रमा कोरियन बाल गायक(इरुमी) समूहले ‘नयाँ दिन नयाँ बिहान ’ र ‘सुन्दर देश’ शीर्षक गीतहरूको सामूहिक प्रस्तुति दिई बहुसांस्कृतिक र पुस्ता समन्वयको झल्को दिएको थियो।कोरियाली समाजमा नेपाली संस्कृतिको पहिचान गराउने र बहुसांस्कृतिक समझदारीलाई प्रोत्साहन गर्ने लक्ष्यका कार्यक्रम आयोजना गरिएको आयोजकले बताएका छन् ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij