काठमाडौं : युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले बिना दबाब रूसले युद्ध अन्त्य गर्न वास्तविक कदम नचाल्ने बताएका छन्। उनले रुसमाथि कडा प्रतिबन्ध लगाउन आवश्यक रहेको बताएका हुन्।
जेलेन्स्कीले एक्समा लेखेका छन्, ‘आज ५४ औँ दिन हो । जब रूसले पूर्ण युद्धविरामको लागि अमेरिकी प्रस्तावलाई बेवास्ता गरेको छ । हामी विश्वास गर्छौं कि जुनसुकै बेला युद्धविराम सम्भव छ। आजदेखि पनि सुरु हुनसक्छ। कूटनीतिलाई वास्तविक मौका कम्तिमा ३० दिनसम्म दिनुपर्छ।’जेलेन्स्कीले रूसमाथि कडा प्रतिबन्ध, युक्रेनलाई निरन्तर समर्थन र युरोपभरि बढ्दो रक्षा सहयोग गर्न आवश्यक रहेको बताए।
उनले युरोपेलीहरू आफ्नो रक्षा गर्न सक्षम रहेको रूसले जान्नुपर्ने बताए। जेलेन्स्कीले आइतबार चेक गणतन्त्रका राष्ट्रपति पिटर पावेलसँग भेट गरेका छन्।रोयटर्सको रिपोर्टका अनुसार प्रागमा एक संयुक्त पत्रकार सम्मेलनमा जेलेन्स्कीले युक्रेनका सहयोगीहरूलाई रूसमाथि दबाब दिन अपील गरे ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij