काठमाडौँ : गैरआवासीय नेपाली संघ एनआरएनएको एकता महाधिवेशन सम्पन्न भएको छ। काठमाडौँको हायात होटलमा आइतबार सम्पन्न महाधिवेशनले महेशकुमार श्रेष्ठको नेतृत्वमा सर्वसम्मत रूपमा कार्यसमिति चयन गर्दै अधिवेशन सम्पन्न भएको हो।
एनआरएनए उच्चस्तरीय समितिले आयोजना गरेको एकता महाधिवेशनमा अध्यक्षसहित सबै पदमा सर्वसम्मत कार्यसमिति चयन भएको प्रमुख निर्वाचन आयुक्त वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरेले जानकारी दिए। निर्वाचन समितिले महाधिवेशन स्थलमा आइतबार नै एक समारोह आयोजना गरी शपथग्रहण तथा प्रमाणपत्र वितरण गरिने जनाएको छ।
अध्यक्ष निर्वाचित श्रेष्ठ कांग्रेसनिकट हुन्।
यस्तो छ नवनिर्वाचित कार्यसमिति
अध्यक्ष : महेशकुमार श्रेष्ठ
उपाध्यक्ष (६ पद)
सुनील कुमार साह
बुद्धिसागर सुवेदी
खगेन्द्र न्यौपाने
लोकप्रसाद दाहाल
मनोज कुमार श्रेष्ठ (गोर्खाली)
विश्वास दीप लिम्बु (तिगेला)
उपाध्यक्ष ( महिला): जुनु गुरुङ
महासचिव : बाबुराम (बीआर) लामा
सचिव-३ (पद)
चिन्तामणि सापकोटा
टङ्कप्रसाद गैरे
तिलक प्रसाद गैरे
सचिव (महिला) : देवकी खत्री गुरुङ
कोषाध्यक्ष : ठाकुर प्रसाद ढुङ्गाना
सह कोषाध्यक्ष : कृष्णप्रसाद पोखरेल
महिला संयोजक : रश्मि थापा
युवा संयोजक : भीमसेन थापा
एसिया प्रशान्त क्षेत्रीय संयोजक : डा. बलराम श्रेष्ठ
युरोप क्षेत्रीय संयोजक : प्रेमबहादुर गुरुङ
मध्यपूर्व क्षेत्रीय संयोजक : रमेश श्रेष्ठ
उत्तर दक्षिण अमेरिका क्षेत्रीय संयोजक : डिलुराम पराजुली
ओसेनिया क्षेत्रीय संयोजक : इर्सद अहमद
एसिया प्रशान्त क्षेत्रीय उपसंयोजक (२) पद
माधव पोखरेल
मीमबहादुर पुर्जा
मध्यपूर्व क्षेत्रीय उपसंयोजक (२)
सुनिल कुमार घिमिरे
श्रीकृष्ण भट्टराई
उत्तर दक्षिण अमेरिका क्षेत्रीय उपसंयोजक (२)
विश्वराज बास्तोला
नरबहादुर टण्डन क्षेत्री
ओसियाना क्षेत्रीय उपसंयोजक (२)
राम प्रसाद कँडेल
प्रताप राना
एनआरएनएको ११औँ महाधिवेशनबाट निर्वाचित बद्री केसी समूहको सहभागिता बिना नै एकता महाधिवेशन भएको हो। ११औँ महाधिवेशनमा श्रेष्ठ केसीसँग पराजित बनेका थिए। ११ औँ महाधिवेशनमा भएको विवादकै बीचमा एनआरएनएको १०औँ महाधिवेशनको आधिकारिकतासम्बन्धी विवादमा सर्वोच्च अदालतले गत वर्ष एकता महाधिवेशन गराउन परमादेश दिएको थियो।
सोही परमादेशपछि घलेले गराउने एकता महाधिवेशनलाई कांग्रेस र माओवादी निकट एनआरएनएहरुले साथ दिएका थिए। एकता महाधिवेशन गराइएको भने पनि यो महाधिवेशनमा केसी समूह सहभागी नै नभएकाले आगामी दिनमा यो विवाद अझ चर्कने देखिएको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij