काठमाडौं : भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीमाथि एकै प्रकृतिका घटना दोहोरिन थालेपछि विद्यार्थीको सुरक्षामा ख्याल गर्न सरकारको ध्यानाकर्षण गराइएको छ ।
आइतबार राष्ट्रिय सभाको बैठकमा आकस्मिक समयमा बोल्दै सांसदहरूले बारम्बार यस्ता घटना हुनुले गम्भीर बनाएको बताए ।आकस्मिक समयमा बोल्दै सांसदहरूले सरकारको ध्यानाकर्षण गराएका हुन् ।
भारतको उडीसामा रहेको केआईआईटी विश्वविद्यालयमा अध्ययनरत पर्साको वीरगन्ज निवासी प्रिसा बिहीबार राति आफ्नै होस्टेल कोठामा झुन्डिएको अवस्थामा मृत भेटिएकी थिइन् ।यसअघि, सोही विश्वविद्यालयमा अध्ययनरत प्रकृति लम्साल पनि मृत फेला परेकी थिइन ।
नेपाली कांग्रेसका सांसद कृष्णबहादुर रोकायाले प्रिसा साहको मृत्यु प्रकरणपछि सरकारले समयमै चासो देखाएको बुझिएको बताए ।केआईआईटी विश्वविद्यालयमा करिब १२ सय नेपाली विद्यार्थी अध्ययनरत रहेको स्मरण गराए ।
त्यस्तै, नेकपा माओवादी केन्द्रकी सांसद गंगा कुमारी बेलबासेले केआईआईटी विश्वविद्यालयमा अध्ययनरत छात्राहरुको मृत्यु प्रकरणकाबारेमा सरकारले गम्भीर रुपमा चासो लिएर त्यसबारे गृहमन्त्रीले जवाफ दिनुपर्ने बताइन् ।
उनले भनिन्, ‘किन बारम्बार घटना भइरहेका छन् ? यसबारे समिति बनाएर छानबिन गरियोस्।’त्यस्तै नेकपा एमालेकी सांसद सुमित्रा बिसीले भविष्य बनाउँछु भनेर विदश पढ्न गएकाहरूको सुरक्षामा नेपाल सरकारले पनि ख्याल गर्नेपर्ने आग्रह गरिन् ।नेकपा एकीकृत समाजवादीकी सांसद मदन कुमारी साहले सरकारले उक्त विश्वविद्यालयमा एनओसी दिने विषयमा समेत ख्याल गर्नुपर्ने बताइन ।
उनले भनिन् ,‘जुन देशमा, विश्वविद्यालयमा, शिक्षण संस्थामा नेपाली विद्यार्थीहरू सुरक्षित छैनन् । सुरक्षाको अनुभुति छैन, त्यस्तो ठाउँमा विद्यार्थी पठाउनु हुन्न । एनओसी दिनुहुन्न भन्ने माग राख्न चाहन्छु ।’लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का सांसद शेखर कुमार सिंहले पनि केआईआईटी विश्वविद्यालयमा उस्तै घटना चार महिनामै दोहोरिएको बताउँदै सरकारको ध्यानाकर्षण गराए ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij