Logo

Oct 10 2026 | २०८३, आश्विन २४गते

लन्डनमा प्रदर्शन हुँदै ‘रंगी’

लन्डनमा प्रदर्शन हुँदै ‘रंगी’

काठमाडौँ :  गत फागुन २ गते नेपाल रिलिज भएको फिल्म ‘रंगी’ लन्डनमा पनि प्रदर्शन हुने भएको छ । अभिनेता सलोन बस्नेत प्रस्तुतकर्ता रहेको फिल्म आगामी मे ९ तारिखमा लन्डनको २७ वटा हलमा प्रदर्शन हुन लागेको छ ।

फिल्मलाई महारानी प्रोडक्सनको विक्रम जोशीले प्रदर्शनका लागि जिम्मा लिएका छन् । यो फिल्मको लन्डनमा प्रदर्शनका लागि सेन्सर पास भइसकेको जोशीले बताए ।उनका अनुसार यो फिल्मले लन्डनमा प्रदर्शनका लागि सेन्सर बोर्डबाट पिजी सर्टिफिकेट पाएको छ । यसअघि यो फिल्म अष्ट्रेलियाको विभिन्न शहरमा प्रदर्शनमा आएको थियो ।

सान्भी इन्टरटेनमेन्ट प्रालिको व्यानरमा निर्माण भएको फिल्ममा बाबुछोरीबीचको कथा छ । सुरेश न्यौपानेको ‘डेब्यू’ निर्देशन रहेको फिल्ममा सलोन बस्नेत, नम्रता श्रेष्ठ, दिलीप रायमाझी, आयुषी ढकाल, उत्तम केसी, सुमिन गुरुङ, विशाल पहारी लगायतको अभिनय देख्न सकिन्छ ।

सक्षम सुवेदी, करीश्मा केसी बस्नेत र अनिश गौतमको निर्माण रहेको फिल्ममा सुमन गजमेरको लेखन, सौरभ लामाको छायांकन, दुर्गेश थापा, आमेश भण्डारी र भीम बिसीको संगीत, बन्दे प्रसादको सम्पादन छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij