नयाँदिल्ली : भारत–पाकिस्तानबीचको सीमा क्षेत्रमा फेरि एक संवेदनशील घटना घटेको छ। राजस्थानस्थित सीमा क्षेत्रमा भारतीय सीमा सुरक्षा बल (BSF) ले एक पाकिस्तानी रेञ्जरलाई पक्राउ गरेको छ। भारतीय सुरक्षास्रोतका अनुसार, यो गिरफ्तारी शनिबार सार्वजनिक भएको हो।
यो घटना जम्मू–कश्मीरको पहलगाममा भएको आतङ्कवादी आक्रमणपछि दुई देशबीच चिसिएको सम्बन्धको पृष्ठभूमिमा आएको हो। सो आक्रमणमा २६ जनाको मृत्यु भएपछि सीमामा कडाइ गरिएको थियो। यसअघि, करिब दुई हप्ता अघि, एक BSF जवान पाकिस्तानतर्फ अनायासै पुगेपछि पाकिस्तानी रेञ्जरहरूले उनलाई नियन्त्रणमा लिएका थिए।
भारतको समाचार संस्था इण्डिया टुडेका अनुसार, पछिल्लो घटनाले दुई देशबीचको सीमा सुरक्षासम्बन्धी संवेदनशीलता झनै बढाएको छ। यद्यपि, दुवै मुलुकले यस्ता घटनालाई कूटनीतिक ढंगले समाधान गर्ने परिपाटी अपनाउँदै आएका छन्। पक्राउ परेका पाकिस्तानी रेञ्जरबारे थप विवरण सार्वजनिक गरिएको छैन।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij