Logo

Oct 10 2026 | २०८३, आश्विन २४गते

गोवामा भागदौड मच्चिँदा ७ जनाको मृत्यु, ४० भन्दा बढी घाइते

गोवामा भागदौड मच्चिँदा ७ जनाको मृत्यु, ४० भन्दा बढी घाइते

नयाँ दिल्ली : भारतको गोवास्थित शिरगाउँमा शुक्रबार राति लैराई जात्राको क्रममा भएको भागदौडमा सात जनाको मृत्यु भएको छ। दुर्घटनामा ४० भन्दा बढी घाइते भएका छन्। घाइतेमध्ये २० जना अवस्था गम्भीर रहेको सञ्चारमाध्यमहरुमा उल्लेख छ।राहत र उद्धार कार्य भइरहेको र मृतकको संख्या बढ्न सक्ने जनाइएको छ।

शुक्रबार साँझ जात्रामा भाग लिन ठूलो संख्यामा भक्तजनहरू मन्दिरतिर गइरहेका थिए। सोही समयमा पसल अगाडि बिजुलीको तारले करेन्ट लागेर केही मानिसहरू लडे। त्यसपछि त्यहाँ भागदौड मच्चिएको थियो।

लैराई जात्रा उत्तर गोवाको बिचोलिम तालुकको शिरगाउँ गाउँमा मनाइने एक हिन्दू धार्मिक उत्सव हो। जात्रा हरेक वर्ष अप्रिल वा मे महिनामा लाग्छ। गोवा, महाराष्ट्र र कर्नाटकबाट हजारौं भक्तजनहरू दर्शन गर्न जान्छन्। जात्रा मे २ को साँझदेखि मे ३ को बिहानसम्म आयोजना गरिएको थियो। यसै क्रममा दुर्घटना भएको हो।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij