Logo

Oct 25 2026 | २०८३, कार्तिक ९गते

गल्कोटमा लागुऔषध सम्बन्धी जनचेतनामूलक प्रशिक्षण कार्यक्रम सम्पन्न

गल्कोटमा लागुऔषध सम्बन्धी जनचेतनामूलक प्रशिक्षण कार्यक्रम सम्पन्न

काठमाण्डौं: ताराखोला गाउँपालिका–१, भुस्कातमा लागुऔषध सम्बन्धी जनचेतनामूलक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ।शुक्रबार आयोजित कार्यक्रममा ताराखोला गाउँपालिकाका उपाध्यक्ष, वडा नं. १ का वडा अध्यक्ष, विभिन्न राजनीतिक दलका प्रतिनिधिहरू, स्वास्थ्यकर्मी, स्वयंसेवकहरू, आमा समूहका सदस्यहरू तथा स्थानीय बासिन्दाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रममा प्रहरी कार्यालय गल्कोटका प्रमुख प्रहरी निरीक्षक देवराज काफ्लेले सहभागीहरूलाई लागुऔषधको दुरुपयोग, त्यसका दुष्प्रभाव, कानुनी प्रावधान तथा रोकथामका उपायहरूबारे विस्तृत जानकारी दिनुभयो।

प्रशिक्षणमा लागुऔषध सेवनले व्यक्तिगत, पारिवारिक र सामाजिक जीवनमा पार्ने नकारात्मक प्रभावबारे चर्चा गरिनुका साथै युवावर्गलाई यस्तो गलत बाटोबाट जोगाउन समुदायको भूमिका कस्तो हुन सक्छ भन्नेबारे पनि प्रकाश पारिएको थियो ।

प्रशिक्षणमा सहभागीहरूले यस्तो खालको कार्यक्रम गाउँस्तरमै हुनु सकारात्मक पहल भएको बताएका थिए। साथै, यस्ता गतिविधिहरूले समुदायमा सचेतना बढाउने विश्वास व्यक्त गर्दै आगामी दिनमा पनि निरन्तरता दिनुपर्नेमा जोड दिएका थिए।

  

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट