Logo

Oct 25 2026 | २०८३, कार्तिक ९गते

तराईमा पाइने भनिएको गोमन सर्प इलामको इलामको रोङमा भेटियो

तराईमा पाइने भनिएको गोमन सर्प इलामको इलामको रोङमा भेटियो

इलाम : तराईको तातो हावापानीमा मात्र पाइने भनिएको अति विषालु गोमन सर्प इलामको पहाडी क्षेत्रमा भेटिएको छ।इलाम जिल्लाको रोङ गाउँपालिका–६ स्थित दैले डाँडाको नजिकै गोमन सर्प देखिएपछि स्थानीयवासी अचम्ममा परेका छन्।

स्थानीय सरस्वती माविका प्रधानाध्यापक गोविन्द पौडेलका अनुसार, करिब सात मिटर लामो र १५ किलो तौलको सो सर्प यस क्षेत्रमा पहिलोपटक देखिएको हो।घटनास्थल समुद्री सतहदेखि करिब १,२५० मिटरको उचाइमा पर्छ, जहाँ हिउँदका समयमा तुसारोसमेत पर्ने गर्छ।सामान्यतया गोमन सर्प तराईको उष्ण प्रदेशमा मात्र पाइन्छ भन्ने मान्यता छ।

तर, यस्तो विषालु सर्पको उपस्थिति चिसो मौसम हुने इलामको पहाडी क्षेत्रमा देखिनु जैविक विविधताको दृष्टिले महत्वपूर्ण भएको बताइन्छ।सर्प देखिएपछि स्थानीयमा त्रास फैलिएको छ भने वन तथा वातावरणसम्बन्धी निकायले घटनाबारे अध्ययन गर्ने तयारी थालेको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट