काठमाडौँ : सरकारले महिलाको सर्वाङ्गीण उत्थान र सबलीकरणमा विशेष ध्यान दिने भएको छ ।सरकारको नीति तथा कार्यक्रममार्फत सरकारले महिला सबलीकरणमा विशेष ध्यान दिने घोषणा गरेको हो ।‘महिलाविरुद्ध हुने हिंसा, शोषण र भेदभाव अन्त्य गरिनेछ’, सरकारको नीति तथा कार्यक्रममा समेटिएको छ ।