Logo

Oct 25 2026 | २०८३, कार्तिक ९गते

सम्पत्ति व्यवस्थापन कम्पनी र डिजिटल बैंक स्थापना गर्ने घोषणा

सम्पत्ति व्यवस्थापन कम्पनी र डिजिटल बैंक स्थापना गर्ने घोषणा

काठमाडौँ : राष्ट्रपति रामचन्द्र पौडेलले बैंक तथा वित्तीयको गैर वित्तीय सम्पति र खराब कर्जा व्यवस्थापनका लागि सम्पति व्यवस्थापन कम्पनी स्थापना गर्ने घोषणा गरेका छन्।शुक्रवार संघीय संसदको सयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो घोषणा गरेका हुन् ।

उनले दोस्रो वित्तीय क्षेत्र विकास रणनीति लागू गरिने घोषणा गरे । राष्ट्रपति पौडेलले बैंक तथा वित्तीयको गैर वित्तीय सम्पति र खराब कर्जा व्यवस्थापनका लागि सम्पति व्यवस्थापन कम्पनी स्थापना गरिने बताए ।उनले भने, ‘सूचना प्रविधि र पूर्वाधारको विकास गरी डिजिटल अर्थतन्त्रको विकास नगद रहित वित्तीय कारोबार वृद्धि गरिने छ । नीतिगत तथा कानूनी व्यवस्था गरी डिजिटल बैंक स्थापना गरिने छ ।’

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट