पर्साढाप : शहीद स्मृति प्रतिष्ठान शुक्रनगरले मित्रमणि आचार्यको ४०औँ स्मृति दिवस मनाएको छ । बिहीबार स्मृति दिवसको अवसर पारेर शहीद मित्रमणिको हत्या भएको स्थान चितवनको पर्साढापमा नै गएर सबै वामपन्थी पार्टीका नेता तथा कार्यकर्ताको उपस्थितिमा स्मृति सभा गरिएको हो ।
कार्यक्रमका प्रमुखअतिथि रहेका उनकै सहोदर ठूल्दाइ तोपराम आचार्यले पारिवारिकरुपमा दाजुभाइ भए पनि राजनीतिकरुपमा सहकर्मी, सहयोद्धा रहेको बताए । कक्षामा सधैँ प्रथम हुने र क्याम्पसमा डिस्टिङ्सन ल्याउन सफल, तर आफ्नो पढाइ र जीवनसमेत देश, जनता, पार्टी र क्रान्तिको पक्षमा लगाउने मित्रमणिजस्तै आँट र साहस राख्न सकियो भने उनले देखाएको बाटोमा हिँडेको ठहर्ने तोपरामले बताए ।
नेपाल कम्युनिस्ट पार्टी स्थायी कमिटी सदस्य अनिल सीले मित्रमणि विद्याथी नेतामात्रै नभई सिङ्गो कम्युनिस्ट आन्दोलनको एक अगुवा भएको भन्दै उनी हाम्रोसामु नभए पनि उनले बोकेको क्रान्तिकारी दर्शन, विचार, आदर्श र जीवन आज पनि अमर रहेको हुँदा त्यसलाई कायम राख्न आवश्यक भएको बताए ।
देशको अग्रगामी परिवर्तनमा आचार्यको भूमिका मह¤वपूर्ण रहेको भन्दै माओवादी नेतृ कञ्चन खनालले परिवर्तनकारी शक्तिहरुका लागि मित्रमणिजस्ता महान् शहीदहरुको बलिदानीले शक्ति र प्रेरणा दिइरहने बताइन् । उनले मित्रमणि ठूलो प्रेरणाको स्रोत रहेको र कहिलेकाहीँ सङ्गठन र राजनीतिलाई लिएर हरेस खाँदा उनको सम्झनाले शरीरमा बेग्लै रक्त सञ्चार भएको महसुस हुने भन्दै उनका कारण जोश, जाँगर र परिवर्तनका लागि लड्न नयाँ शक्ति जागृत भएर आउने बताइन् ।
मित्रमणिले बोकेको विचार आमश्रमजीवी वर्गको पक्षमा रहेको भन्दै एमाले बागमती प्रदेश कमिटी सदस्य कृष्णप्रसाद भूर्तेलले उनले बोकेको विचारलाई मर्न नदिन आवश्यक रहेको बताए । माओवादी केन्द्रनिकट अखिल क्रान्तिकारीका केन्द्रीय अध्यक्ष विजयप्रकाश सापकोटाले मित्रमणि विद्यार्थी आन्दोलनका अगुवा भएको भन्दै उनले देखाएको बाटो नभुल्ने प्रतिबद्धता व्यक्त गरे ।
नेकपाका पोलिटब्युरो सदस्य सन्देश सीले नेकपाले मित्रमणिको सालिक बनेको स्थानमा बहुउद्देश्यीय पार्क निर्माण गर्ने प्रतिबद्धता गरे । उनले शहीदहरुको इतिहासलाई लिपिबद्ध गरेर नयाँ पुस्तालाई पढाउनुपर्ने बताए । कार्यक्रममा मनओवादी केन्द्रकी केन्दीय सदस्य निशा न्यौपाने, भरतपुर महानगर इन्चार्ज आरसी अधिकारी, जनमोर्चाका नेता भविश्वर शर्मा, सोही आक्रमणमा घाइते भएका यज्ञ घिमिरे, शहीद परिवारका तर्फबाट अन्जन तिमल्सिना, शहीद स्मृति प्रतिष्ठानकी अध्यक्ष संगीता भट्टराईलगायतले मन्तव्य व्यक्त गरेका थिए ।
उक्त कार्यक्रममा प्रतिष्ठानले मित्रमणिसँगै कुटाइ खाँदा म¥यो भनी फालिएका टीका पोखरेल, विजय भुजेल, गीतामणि पाण्डे, हस्तबहादुर कुमाल, गंगा भण्डारी, प्रतापसिह गुरूङ, मधु गुरूङ, यज्ञ घिमिरे, थमबहादुर पुन, विष्णु थापाका साथै शहीद तथा बेपत्ता परिवारका सदस्यहरु टंक रेग्मी, संगीता भट्टराई, निशा न्यौपाने, प्रमोद अधिकारी, सुरेन्द्र गुरूङ, अन्जन तिमल्सिना, दोर्ण गुरूङलगायतलाई सम्मान गरेको थियो । साथै सोही स्थानमा निर्माण गरिएको मित्रमणिको अर्धकदको सालिकको पनि अनावरण गरिएको थियो ।
२०१९ सालमा प्युठान, रम्दी–२, तिघ्रामा जन्मिएका आचार्यको २०४२ साल वैशाख १८ गते चितवनको मेघौली पर्साढापको अभिभावक भेलामा जाने क्रममा बीचमै हतियारधारी समूहले हत्या गरेको थियो । तत्कालीन अखिल छैटौँका केन्द्रीय सदस्य रहेका आचार्य प्रगतिशील प्यानलबाट कृषि तथा पशु विज्ञान संस्थान रामपुरको स्ववियु सभापति थिए ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij