Logo

Oct 10 2026 | २०८३, आश्विन २४गते

रुस नजाने भए मोदी

रुस नजाने भए मोदी

नयाँ दिल्ली : जम्मू कश्मीरको पहलगाममा भएको आतङ्कवादी हमलालाई लिएर भारत र पाकिस्तानबिच तनाव बढ्दै गएको छ। यसैबिच, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो रुस भ्रमण स्थगित गरेको खबर आइरहेको छ। प्रधानमन्त्री मे ९ मा मस्कोमा हुने विजय दिवस परेडमा सहभागी हुने छैनन् । मोदीलाई रुसले विजय दिवस परेडमा आमन्त्रित गरेको थियो।

क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले बुधबार भने कि प्रधानमन्त्री मोदी अर्को महिना मस्कोमा आयोजना हुने विजय दिवसको ८० औँ वार्षिकोत्सव समारोहमा भाग लिने छैनन् । स्थानीय मिडिया रिपोर्टका अनुसार मे ९ मा हुने कार्यक्रममा भारतीय रक्षामन्त्री राजनाथ सिंहले प्रधानमन्त्री मोदीको स्थान लिन सक्छन्।

मोदी बाहेक राष्ट्रपति भ्लादिमिर पुटिनले चिनियाँ राष्ट्रपति सी जिनपिङलाई पनि विजय दिवस समारोहमा भाग लिन र रेड स्क्वायरमा विजय परेड हेर्न आमन्त्रित गरेका थिए । सीले कार्यक्रममा उपस्थित हुने पुष्टि गरेका छन् । मस्कोमा करिब २० विदेशी नेताहरूलाई स्वागत गर्ने तयारी भइरहेको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij