Logo

Oct 10 2026 | २०८३, आश्विन २४गते

कोलकाताको होटलमा आगलागी, १४ जनाको मृत्यु, १३ घाइते

कोलकाताको होटलमा आगलागी, १४ जनाको मृत्यु, १३ घाइते

कोलकाता : कोलकाताको फालपट्टी क्षेत्रमा रहेको एक होटलमा मंगलबार राति आगलागी हुँदा १४ जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन् । होटलबाट २२ जनालाई उद्धार गरिएको थियो भने अहिले आगो नियन्त्रणमा ल्याइएको छ ।

प्रहरीका अनुसार मृत्यु हुनेमा दुई महिला र एक बालक पनि रहेका छन् । साथै, मृतक११ जना पुरुषमध्ये हालसम्म ८ जनाको पहिचान भएको छ ।प्रहरी आयुक्त मनोज वर्माले स्थानीय समयअनुसार राति करिब ८ः१५ बजे ऋतुराज होटलमा आगलागी भएको बताए । जानकारी पाउने बित्तिकै दमकल र प्रहरी टोली घटनास्थलमा पुगेर राहत र उद्धार कार्य सुरु गरेको थियो ।

दुर्घटनाको अनुसन्धान गर्न विशेष अनुसन्धान टोली (एसआईटी) गठन गरिएको छ । प्रारम्भिक अनुसन्धानमा होटलको चौथो तल्लामा जडान गरिएको बिजुलीको मिटरमा सर्ट सर्किट भएर आगलागी भएको खुलेको छ ।घटनास्थलमा उपस्थित एक प्रत्यक्षदर्शीले धेरै मानिसहरू ज्यान बचाउन होटलको छत र झ्यालबाट हाम फालेको बताए ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij