Logo

Oct 10 2026 | २०८३, आश्विन २४गते

रुसी राष्ट्रपति पुटिनले फेरि गरे एकतर्फी युद्धविराम घोषणा

रुसी राष्ट्रपति पुटिनले फेरि गरे एकतर्फी युद्धविराम घोषणा

काठमाडौं : रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले एकतर्फी युद्धविराम घोषणा गरेका छन् ।उनले आगामी मे ८ गतेदेखि १० गतेसम्म अर्थात् वैशाख २५ गतेदेखि २७ गतेसम्म युद्धविराम घोषणा गरेका हुन् ।पुटिनले दोस्रो विश्वयुद्ध अन्त्य भएको ८० औं वर्षको अवसर पारेर तीनदिने युद्धविराम घोषणा गरेका हुन् ।

यसअघि, पुटिनले इस्टर पर्वको अवसरमा पनि ३० घण्टे युद्धविराम घोषणा गरेका थिए ।तर, त्यतिबेला युद्धविराम पालना नगरेको आरोप लागेको थियो । रुस र युक्रेनबीच तीन वर्षदेखि युद्ध जारी छ ।

पुटिनले हालै गरेको युद्धविराम घोषणाबारे युक्रेनले तत्कालै युद्धविराम नगरेर ८ मेबाट मात्र किन ? भनेर प्रश्न गरेको छ ।युक्रेनका विदेशमन्त्री एन्ड्री सिअबले भनेका छन् ,‘रुसले साँच्चै शान्ति चाहन्छ भने ८ मेसम्म किन पर्खिने ?’

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij