नयाँ दिल्ली : महाभारतको विषयमा फिल्म बनाउने चाहने धेरै छन् । बलिउड निर्देशक बीआर चोपडाले यस महाकाव्यमा एउटा धारावाहिक बनाए । जुन निकै सुपरहिट भयो ।अब बाहुबली र आरआरआर जस्ता फिल्म बनाउने एसएस राजामौली पनि महाभारतमा फिल्म बनाउन चाहन्छन् । यो उनको ड्रिम प्रोजेक्ट हो । हालै राजामौलीले आफ्नो ड्रीम प्रोजेक्टमा कास्टिङबारे घोषणा गरेका थिए । त्यसपछि फ्यानहरू राजामौलीको महाभारतप्रति झनै उत्साहित भएका छन् ।
हालै, निर्देशक राजामौली दक्षिण भारतीय अभिनेता नानीको आगामी फिल्म ‘हिटः द थर्ड केस’को प्रि–रिलिज कार्यक्रममा पुगेका थिए । यस समयमा, निर्देशकले आफ्नो महाभारतबारे अपडेट शेयर गरेका थिए । उक्त कार्यक्रमकी होस्ट सुमा कनकलाले राजामौलीलाई महाभारतको कास्टिङका बारे प्रश्न गरेकी थिइन् । यस प्रश्नको जवाफ दिँदै, राजामौलीले अभिनेता नानी महाभारतको हिस्सा हुने पुष्टि गरेका थिए । तर नानीलाई कुन भूमिकाका लागि लिइएको भनेर चाहिँ निर्देशकले बताएनन् ।
‘एसएसएमबी २९’को सुटिङमा व्यस्त छन् राजामौली यतिबेला राजामौली महेश बाबुको फिल्म ‘एसएसएमबी २९’को छायाङ्कनमा व्यस्त छन् । यसैबिच, जब राजामौलीलाई सो फिल्मबारे अपडेट दिन भनिएको थियो ।
तर यस कुरामा निर्देशक मौन रहे, केही पनि बताएनन् । ‘एसएसएमबी २९’को साथमा महेश बाबुसँगै अभिनेत्री प्रियंका चोपडा र पृथ्वीराज सुकुमारन पनि देखिनेछन् । हाल फिल्मको छायांकन चलिरहेको छ, त्यसैले फिल्मबारे थप जानकारी अहिलेसम्म खुलाइएको छैन ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij