नयाँ दिल्ली : भारत सरकारले सोमबार १६ वटा पाकिस्तानी युट्युब च्यानलहरूमाथि प्रतिबन्ध लगाएको छ । यसमा डन न्युज, समा टिभी र जियो न्युज पनि समावेश छन् । यी च्यानलहरूले भारत र सुरक्षा एजेन्सीहरू विरुद्ध झूटा र भ्रामक समाचार चलाइरहेका सरकारले बताएको छ । गृह मन्त्रालयको सिफारिसपछि सरकारले यो कारबाही गरेको हो ।
यसैबिच, जम्मू कश्मीर प्रहरीले १५ स्थानमा छापा मारेको छ । यी छापा पीओकेबाट सञ्चालित भइरहेका अनि पहलगाम आक्रमणसँग सम्बन्धित आतंककारीहरूको लुकेर बसेको ठाउँमा गरिएको दाबी गरिएको छ । आइतबार राति र सोमबार बिहान पाकिस्तानी सेनाले नियन्त्रण रेखामा गोलीबारी गरेका र भारतीय सेनाले पनि यसको जवाफ दिएको बताइएको छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij