Logo

Oct 10 2026 | २०८३, आश्विन २४गते

अमेरिकामा दुई प्रहरीमाथि गोली प्रहार, एकको मृत्यु

अमेरिकामा दुई प्रहरीमाथि गोली प्रहार, एकको मृत्यु

वासिङ्टन डिसी : अमेरिकाको जर्जिया राज्यको कोलम्बिया काउन्टीमा दुई प्रहरी अधिकारीहरूमाथि गोली प्रहार भएको छ ।

गोली लाग्ने मध्ये एक जनाको मृत्यु भएको छ भने अर्का एक जनालाई अस्पतालमा भर्ना गरिएको छ । यो घटना शनिबार साँझ भएको थियो ।

कोलम्बिया काउन्टीका दुई उप प्रहरी अधिकारीहरू कारमा यात्रा गरिरहेको सयमा ट्राफिक सिंग्लनमा कार रोकिएको समयमा एक सन्दिग्ध व्यक्तिले उनीहरूलाई गोली हानेका थिए ।

सन्दिग्ध व्यक्तिको पहिचान जेम्स ब्लेक मोन्टगोमेरीको रूपमा गरिएको छ । प्रहरीले अभियुक्तको तीव्र खोजी गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij