Logo

Oct 27 2026 | २०८३, कार्तिक ११गते

काठमाडौँ उपत्यकामा कहाँबाट कति हुन्छ तरकारी आपूर्ति ?

काठमाडौँ उपत्यकामा कहाँबाट कति हुन्छ तरकारी आपूर्ति ?

काठमाडौँ : उपत्यका छेउछाउका जिल्लासहित भारत, चीन, भुटान लगायत विभिन्न देशबाट काठमाडौँ उपत्यकामा तरकारी आपूर्ति हुन्छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले यो वर्ष भारतबाट ३९.२० प्रतिशत, भुटानबाट ०.०२ प्रतिशत, चीनबाट ०.१२ प्रतिशत र अन्य क्षेत्रबाट १.४२ प्रतिशत तरकारी तथा फलफूल आपूर्ति भएको जनाएको छ ।

नेपालका विभिन्न जिल्लाबाट पनि तरकारी तथा फलफूल आपूर्ति हुने गरेको छ । भक्तपुरबाट २.३२ प्रतिशत, चितवनबाट १.७२ प्रतिशत, धनकुटाबाट ०.५० प्रतिशत, दोलखाबाट ५.५१ प्रतिशत तरकारी तथा फलफूल आयात हुने गरेको समितिले जनाएको छ ।

यस्तै गोरखाबाट १.०३ प्रतिशत, इलामबाट ०.२० प्रतिशत, काठमाडौँबाट ५.८५ प्रतिशत तरकारी तथा फलफूल आपूर्ति हुने गरेको छ । यस्तै काभ्रेबाट ३.६३ प्रतिशत, मकवानपुरबाट १७.६४ प्रतिशत, नवलपरासीबाट ०.२१ प्रतिशत तरकारी तथा फलफूल आपूर्ति हुने गरेको छ ।

यस्तै नुवाकोटबाट १.२८ प्रतिशत, रामेछापबाट १.५३ प्रतिशत, ओखलढुङ्गाबाट ०.२२ प्रतिशत तरकारी तरकारी तथा फलफूल आपूर्ति हुने समितिको रिपोर्टमा उल्लेख छ । यस्तै रौतहटबाट ०.५१ प्रतिशत, सल्यानबाट ०.५० प्रतिशत, सर्लाहीबाट ३.९० प्रतिशत, सिन्धुलीबाट ०.२२ प्रतिशत, सिन्धुपाल्चोकबाट ०.२३ प्रतिशत र सुनसरीबाट ०.२२ प्रतिशत तरकारी तथा फलफूल आपूर्ति हुने गरेको कालीमाटी बजार समितिले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट