Logo

Oct 27 2026 | २०८३, कार्तिक ११गते

घण्टेश्वर सेती महाकाली क्याम्पसमा अनेरास्ववियुको प्यानल विजयी

घण्टेश्वर सेती महाकाली क्याम्पसमा अनेरास्ववियुको प्यानल विजयी

डोटी :  स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को बुधवार सम्पन्न निर्वाचनमा डोटीको जोरायल गाउँपालिका–४ स्थित श्री घण्टेश्वर सेती महाकाली बहुमुखी क्याम्पसमा अनेरास्ववियुको प्यानल विजयी भएको छ।

निर्वाचन समितिका संयोजक वासुदेव जोशीका अनुसार अध्यक्ष पदमा सुरत बोहरा ६९ मतसहित निर्वाचित भएका छन् । सचिवमा दीपक साउद ६५ मत र कोषाध्यक्षमा कलावती बोहरा ६६ मत प्राप्त गर्दै विजयी भएका छन्।

सदस्यतर्फ शर्मिला विकले ६६, रेखा साहुले ६५, धनाकुमारी कामीले ६४ र कविता मगरले ६२ मत प्राप्त गरेका छन्।

क्याम्पसमा कूल ११४ जना मतदाता रहेकामा १०३ मत खसेको थियो । समानुपातिकतर्फ अनेरास्ववियुले ६७ मत प्राप्त गर्दै अग्रता कायम गरेको छ भने नेपाल विद्यार्थी सङ्घले ३६ मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट