Logo

Oct 27 2026 | २०८३, कार्तिक ११गते

अनुहारमा फिटकिरी लगाउँदा के हुन्छ ?

अनुहारमा फिटकिरी लगाउँदा के हुन्छ ?

काठमाडौँ :फिटकिरीले धेरै समस्याहरू समाधान गर्न मद्दत गर्छ ।

कसैले यसलाई खानामा पनि प्रयोग गर्छन् । धेरैले चाँहि यसलाई छालाको हेरचाहमा प्रयोग गर्छन् । पानी शुद्ध पार्नुको अलावा यसले छालालाई धेरै फाइदाहरू प्रदान गर्न सक्छ । तर यो त्यतिवेला मात्रै सम्भव छ, जतिवेला तपाईंलाई यो कसरी सही तरिकाले प्रयोग गर्ने भनेर थाहा हुन्छ । छालाको हेरचाहमा फिटकिरी समावेश गर्ने सोचमा हुनुहुन्छ ? त्यसो भए यसरी गर्नुस् प्रयोगः

अनुहारमा फिटकिरी कसरी लगाउने ?

डेड स्किनका लागि,

घरबाट बाहिर निस्किदा अनुहारमा जम्मा भएको फोहोर मृत छाला अर्थात् डेड स्किनमा परिणत हुन्छ । यसलाई हटाउन फिटकिरीको स्क्रब फाइदाजनक साबित हुन सक्छ । यसका लागि गुलाबजलमा फिटकिरीको धुलो मिसाएर पेस्ट बनाएर हल्का हातले अनुहारमा मालिस गर्न सकिन्छ ।

चाउरीपनका लागि,

बढ्दो उमेरसँगै अनुहारको छाला खुकुलो हुन थाल्छ र त्यसमा चाउरी पर्न थाल्छ । यसलाई हटाउन फिटकिरीको धुलोलाई अण्डाको सेतो भाग वा एलोभेरामा मिसाएर छालामा लगाउनुहोस् अनि १५ मिनेटका लागि छाडिद्निुहोस् । त्यसपछि अनुहारलाई राम्ररी धुनुहोस् । यसले छालालाई कसिलो बनाउन र चाउरीपना कम गर्न मद्दत गर्नेछ ।

डन्डीफोरका लागि,

फिटकिरीलाई एन्टी–ब्याक्टेरियलको रूपमा पनि प्रयोग गरिन्छ । यस्तो अवस्थामा यो डन्डीफोरको समस्या हटाउन पनि लाभदायक साबित हुन सक्छ । यसका लागि फिटकिरीलाई पानीमा घोलेर टोनरको रूपमा प्रयोग गर्नुहोस् ।

चिल्लो छाला,

छाला चिल्लो छ भने तपाईंले फिटकिरीलाई पानीमा घोलेर त्यसले अनुहार धुन सक्नुहुन्छ । यसले अतिरिक्त तेल नियन्त्रण गर्न मद्दत गर्न सक्छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट