Logo

Oct 27 2026 | २०८३, कार्तिक ११गते

‘नरसिंहा : अवतार’ मा यस्तो भुमिकामा देखिदै उषा

‘नरसिंहा : अवतार’ मा यस्तो भुमिकामा देखिदै उषा

काठमाडौंँ : सन् २००० मा मिस नेपालको ताज जितेपनि उषा खड्गीले फिल्ममा डेब्यू गर्न समय लगाइन् । मिस नेपाल भएको २५ वर्षपछि उषाले फिल्ममा डेब्यू गरेकी हुन् ।

उनको डेब्यू अभिनय रहेको फिल्म ‘नरसिंहाः अवतार’ जेठको ९ गतेबाट रिलिजमा आउँदैछ ।फिल्ममा उषाको भूमिका के होला भन्ने कौतुहलता दर्शकमा छ । यसैबिच, निर्माणपक्षले उषाको फस्टलुक सार्वजनिक गरेको छ । सार्वजनिक पोष्टरमा उषा मुस्कुराएकी छिन् । उनको पछाडि नरसिंहाको ठूलो चित्र देख्न सकिन्छ ।

फिल्मलाई लिएर आफू निकै उत्साहित रहेको उषाले बताएकी छिन् । तर, फिल्ममा उनी नायक राजेश हमालको जोडीको रूपमा हुन् या होइनन् खुलेको छैन । उषाले अहिले नै यो कुरा खुलाउन नमिल्ने बताएकी छिन् ।

उसो त उषाले नायक राजेश हमालसँग म्युजिक भिडियोमा काम गरिसकेकी छिन् । तर, फिल्ममा हमालसँग पर्दा शेयर गर्न पाउँदा निकै खुशी भएको र आफ्नो कामलाई दर्शकले कसरी लिनुहुन्छ भन्ने कुराले कौतुहलता बढाएको उषाको भनाई छ ।

दिवाकर भट्टराइको लेखन तथा निर्देशनमा तयार भएको यो फिल्ममा राजेश हमाल, निर शाह, राज कटुवाल, प्रशान्त ताम्राकार, सरोज खनाल, उषा खड्गी, नीति शाह, सनिषा भट्टराई, दीपा शाही लगायतका कलाकारहरूको अभिनय छ ।

यो फिल्ममा दीपक ढकाल, नरेन्द्र महर्जन, ध्रुव न्यौपाने, नेम महर्जनको लगानी छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट