काठमाडौं (हाम्रो खेलकुद) : नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी गोलरक्षक अन्जना राना मगरले विभागीय टोली एपिएफ फुटबल क्लबबाट खेल्ने भएकी छिन् ।विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबबाट व्यावसायिक फुटबल खेल्दै आएकी अन्जनाले एपिएफसँग नयाँ सिजनका लागि सम्झौता गरेकी हुन् । उनी आर्मीबाट लामो समयदेखि करारमा खेल्दै आएकी थिइन् । उनी ९ वर्षको आर्मी बसाइपछि एपिएफ गएकी हुन् ।
रौतहटबाट खेल्दा नै राष्ट्रिय फुटबल टोलीबाट डेब्यु गरेकी अन्जनाले उमेर समूहमा नेपाली टोलीको कप्तानी गरेकी छिन् । उनले आफ्नो करिअरमा अझ सहयोग पुग्ने लक्ष्यसहित एपिएफको यात्रा तय गरेकी हुन् ।
घरेलु फुटबलमा दबदबा कायम गरिरहेको एपिएफको टोली अन्जनाको आगमनले थप बलियो भएको छ । एन्जिला तुम्बापो सुब्बा ग्रिसमा खेल्न गएपछि सावित्री किसान र झरना डुम्राकोटीले एपिएफको गोलरक्षण सम्हाल्दै आएका थिए ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij