Logo

Oct 27 2026 | २०८३, कार्तिक ११गते

तीनकुनेमा लुटिएको सशस्त्रको ग्याँस गन अझै भेटिएन

तीनकुनेमा लुटिएको सशस्त्रको ग्याँस गन अझै भेटिएन

काठमाडौँ : चैत १५ मा पूर्व राजाको समर्थनमा दुर्गा प्रसाईं र नवराज सुवेदी नेतृत्वको समूहले गरेको प्रदर्शनमा एक जना युवकले सशस्त्र प्रहरी बलको ग्याँस गन लुटे । अश्रुग्याँस प्रहार गर्न प्रयोग हुने ग्याँस गन लुटेको आरोपमा गोपाल मल्ललाई प्रहरीले पक्राउ गरेको छ । बाँके घर भएका मल्ललाई जिल्ला प्रहरी परिसर काठमाडौँले राज्य विरुद्धको कसुर र सङ्गठित अपराध सम्बन्धी कसुरमा अदालतबाट म्याद लिएर अनुसन्धान गरिरहेको छ ।

ग्याँस गन सशस्त्र प्रहरीको नम्बर–२१ दक्षिणकाली गणबाट खटिएका सुरक्षाकर्मीको हातबाट प्रदर्शनकारीले लुटेका हुन् । ग्याँस गन अहिलेसम्म भेटिएको छैन । गन लुटेको आरोपमा पक्राउ परेका मल्लले प्रहरीसँग भनेका छन्, ‘मेरो हातबाट अरू साथीहरूले हेर्न भनेर खोसेर लिए ।’

आफ्नो हातबाट खोसेपछि भिडमा सो गन कहाँ पुग्यो भन्नेबारे आफूलाई थाहा नभएको उनले अनुसन्धान अधिकृतहरूलाई बताएका छन् । बाँके घर भएर काठमाडौँ बस्दै आएका मल्ल फुटपाथमा आइसक्रिम बेचेर गुजारा चलाउँछन् ।

कागेश्वरी मनोहरामा आईसक्रिम बेच्ने उनी त्यसदिन आफ्नो काम छाडेर पूर्व राजाको समर्थनमा आयोजित प्रदर्शनमा गएको पाइएको छ । ग्याँस गन खोसेकोबारे उनले भनेका छन्, ‘सशस्त्रको हातबाट पनि भुँइमा खसेको थियो, त्यसपछि मैले टिपेको हुँ ।’

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट