Logo

Oct 27 2026 | २०८३, कार्तिक ११गते

तीन संसदीय समितिको बैठक बस्दै

तीन संसदीय समितिको बैठक बस्दै

काठमाडौँ : आज एकै पटक तीन वटा संसदीय समितिको बैठक बस्दैछ । जसअन्तर्गत बिहान १० बजे कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक बस्दैछ । बैठकमा मध्यवर्ती क्षेत्रमा बसोबास गर्ने मानिसहरूको मानव अधिकारको अवस्था सम्बन्धमा स्थलगत अनुगमनबारे छलफल हुनेछ ।

त्यस्तै बिहान ११ बजे बस्ने अर्थ समितिको बैठकमा आगामी आर्थिक वर्षको बजेट सम्बन्धमा अर्थ मन्त्रालयसँग छलफल हुनेछ । त्यस्तै दिउँसो ३ बजे बस्ने महिला तथा सामाजिक मामिला समितिको बैठकमा मुस्लिम आयोगको आ.व. २०८०/८१ को वार्षिक प्रतिवेदन सम्बन्धमा छलफल हुनेछ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट