Logo

Oct 27 2026 | २०८३, कार्तिक ११गते

आज सोमबार यस्तो छ तपाइको भाग्यफल

आज सोमबार यस्तो छ तपाइको भाग्यफल

मेष

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) घरको विभिन्न कार्यहरुमा व्यस्त रहनु पर्ला। कार्यक्षेत्रमा उपयुक्त समयमा सही निर्णय गर्दा सफलता मिल्नेछ। धार्मिक कार्यहरूमा हजुरको राम्रो योगदान रहनेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक ४ रहेको छ।

मिथुन

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) विशिष्ट व्यक्तिहरूसँगको भेटघाटले कार्यक्षेत्रमा सफलता दिलाउनेछ। कानुन विपरीत कार्य नगर्नुहोला। नोकरी वा पेशामा आफन्तहरूको सहयोग मिल्ला। आजको शुभ रंग हरियो हो भने शुभ अंक ३ रहेको छ।

सिंह

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) प्रतियोगी परीक्षामा सफलता मिल्नेछ। उद्योग कारोबारमा नयाँ प्रबिधिको अभावले कार्यक्षेत्रमा अवरोध आउनेछ। विद्यार्थी वर्गहरूको पठनपाठनमा मन नलाग्ला। आजको शुभ रंग रातो हो भने शुभ अंक ५ रहेको छ।

तुला

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) कार्यक्षेत्रमा लाभ मिल्नेछ। विद्यार्थीहरूको अध्ययन अध्यापनमा सफलता मिल्नेछ। पैतृक सम्पत्तिलाई लिएर वाद विवाद सुल्झिनेछ। आजको शुभ रंग हल्का पहेलो हो भने शुभ अंक ४ रहेको छ।

धनु

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) अप्ठ्यारो परिस्थितिहरूमा सुधार आउनेछ। मेहनतले रोकिएको काम बन्नेछ। विशेष योजनाहरू सार्वजनिक नगर्नुहोला। आजको शुभ रंग गाढा हरियो हो भने शुभ अंक ८ रहेको छ।

कुम्भ

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) लक्ष्य अनुसार समयमा कार्यसम्पादन हुनेछ। स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। अध्ययनको लगावले बौद्धिक क्षेत्रमा विकास हुनेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक ५ रहेको छ।

बृष

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) नोकरी वा पेशामा सोचे अनुरूप कार्य मिल्नाले मन उत्साहित रहनेछ। अपरिचित व्यक्तिहरू माथि सजिलै विश्वास नगरौं। नयाँ जानकारी व सञ्चारको माध्यमबाट कार्य बन्नेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ३ रहेको छ।

कर्कट

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) विद्यार्थी वर्गहरूले साथीभाइसँग घुमेर मात्रै समय व्यर्थ नगर्नुहोला। नोकरी वा पेशामा हतार गर्नदेखि बच्नुहोस्। चिताएको कार्यमा सफलता मिल्नेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक १ रहेको छ।

कन्या

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) कार्यक्षेत्रमा लोकप्रियता संगै जनसम्पर्क पनि बढ्नेछ। शेयर बजारबाट लाभ प्राप्त हुनेछ। व्यापार व्यवसायमा कुनै पनि योजना बनाउँदा गम्भीर सोचविचार गर्नुहोला। आजको शुभ रंग निलो हो भने शुभ अंक ४ रहेको छ।

बृश्चिक

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आफ्नो आत्मविश्वास र दृढता बनाएर राख्नुहोस् भाग्यको साथ मिल्नेछ। उच्चशिक्षाको लागि नयाँ अवसर मिल्नेछ। नकारात्मक गतिविधि हरूबाट टाढा रहनुहोस्। आजको शुभ रंग रातो हो भने शुभ अंक ३ रहेको छ।

मकर

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) सहयोगी हरुले काममा उत्साह जगाउनेछन्। नयाँ कार्य प्रारम्भ गर्ने समय रहेको छ। उद्योग व्यापारमा फाइदा हुनेछ। आर्थिक पक्ष सामान्य रहने छ। आजको शुभ रंग हल्का पहेलो हो भने शुभ अंक ८ रहेको छ।

मीन

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) खर्च लागे पनि यात्राको प्रक्रिया अगाडि बढ्नेछ। सामाजिक कार्यमा सामिल भएर खुसी मिल्नेछ। खानपानको लापरवाहीले स्वास्थ्य बिग्रिन सक्ला। आजको शुभ रंग गाढा पहेलो हो भने शुभ अंक ८ रहेको छ। -ज्योतिष पण्डित धर्मेन्द्र कृष्ण पौडेल

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट