Logo

Oct 27 2026 | २०८३, कार्तिक ११गते

राप्रपालाई प्रदर्शनका लागि भृकुटी मण्डपमा प्रशासनले लगायो रोक

राप्रपालाई प्रदर्शनका लागि भृकुटी मण्डपमा प्रशासनले लगायो रोक

काठमाडौँ  : जिल्ला प्रशासन कार्यालय काठमाडौँले सुरक्षा संवेदनशीलता देखाउँदै भृकुटी मण्डपमा कार्यक्रम स्थल उपलब्ध गराउन नसकिने जनाएको छ ।गत शुक्रबार प्रदर्शनी मार्ग भृकुटी मण्डपमा आमसभा आयोजनाका लागि राप्रपाले स्थान माग गर्दै प्रशासन कार्यालयलाई पत्राचार गरेको थियो । प्रशासन कार्यालयले भृकुटी मण्डपमा कार्यक्रम आयोजनाका लागि शिक्षकहरुको आन्दोलन, राष्ट्रिय जनमोर्चाका कार्यक्रम लगायत पूर्व निर्धारित कार्यक्रम भइरहेकाले सुरक्षा संवेदनशीलताका हिसावले माग भएको स्थान उपलब्ध गराउन नसकिने जानकारी गराएको हो ।

कार्यालयले राप्रपालाई दिएको जवाफमा उक्त स्थानहरु सुरक्षा संवेदनशीलताका हिसावले उपयुक्त नहुने जिल्ला सुरक्षा समितिको निर्णयसमेतको आधारमा सिफल चौर वा बल्खु क्षेत्रमा आयोजना गर्ने व्यवस्था गर्न अनुरोध गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट