Logo

Oct 27 2026 | २०८३, कार्तिक ११गते

फोहर नगर्ने तर यात्रीलाई दुःख दिने शिक्षक !

फोहर नगर्ने तर यात्रीलाई दुःख दिने शिक्षक !

काठमाडौं : काठमाडौंमा सभा होस वा कुनै प्रदर्शन । सामान्य समूहको होस वा राजनीतिक तथा बौद्धिक बर्गको नै किन नहोस् । प्रदर्शनका बेला फोहर गरेको खण्डमा काठमाडौं महानगरपालिकाले जरिवाना तिराउँदै आएको छ ।यस अघि विभिन्न राजनीतिक दलहरुको नाममा भएका सभा तथा प्रदर्शनीका क्रममा फोहर र प्रदूषण भएको भन्दै जरिवाना तोकिएको थियो ।

महानगरपालिकाले नेकपा एमाले, राप्रपादेखि पूर्वराजा समेतलाई जरिवानाको लागि पत्र काटेको छ । महानगरपालिकाका मेयर बालेन्द्र शाह ‘बालेन’ले जरिवाना गराउने डर हो या आफै शिक्षित भएर हो शिक्षकहरुको आन्दोलनमा भने सडक फोहर भएका छैनन् ।

चैत २० गतेदेखि सुरू भएको शिक्षकहरुको आन्दोलनमा भएको फोहरहरुको सफा शिक्षकहरु आफैले गरिरहेका छन् । हजारौँ शिक्षकहरु सहभागि भएको आन्दोलन स्थलमा देखिएका फोहरहरु शिक्षकहरु आफैले नै सफा गरेका हुन् ।

शिक्षकहरुले आन्दोलनका क्रममा जम्मा भएका पानीका बोतलहरु, अन्य खाजा खाएका प्याकेटहरु एउटा झोलामा राख्ने र फोहर फाल्ने स्थानमा लगेर फाल्ने गरेका छन् ।शिक्षक आन्दोलनको क्रममा शिक्षक महासंघले नै सडकमा फोहर नगर्ने, बोटबिरुवाहरुमा हानी नोक्सानी नगर्ने प्रतिबद्धता गरेको थियो ।

आन्दोलनमा आएका शिक्षकहरुले भनेका छन्–‘हमी शिक्षक हौ, फोहर गर्दैनौ, यहाँका बोटबिरुवा हाम्रा स–साना नानीबावु जस्तै हुन् ।’उनीहरुले काठमाडौंमा रहँदा कुनै फोहर, प्रदूषण नगर्ने र काठमाडौं महानगरपालिकाकालाई जरिवाना पनि नर्तिने बताएका छन् ।

हजारौंको उपस्थिति हुँदा पनि बोटबिरूवा नमासी, केही फोहोर नगरी प्रदर्शन गरेकोमा काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले सामाजिक सन्जालमार्फत् शिक्षकहरूलाई धन्यवाद समेत दिएका छन्।

उनले फेसबुमा लेखेका छन्–‘प्रीय शिक्षकहरू, तपाईहरूले आफ्नो आन्दोलन फोहोर नगरि, केहि नभत्काइ गरि दिनुभयो, धन्यवाद । हामीले जरिवाना खोजेको होइनौँ, चेतना खोजेको हो । सार्वजनिक सम्पति पनि आफ्नै सम्पति हो भनेर त्यसलाई जोगाउने चेतनशील समाजको निर्माण गर्न खोजेको हो । यहि शिक्षा तपाईले आफ्नो विद्यार्थीहरूलाई पनि दिनुहोला ।हामी सबै मिलेर चेतनशील समाजको निर्माण गरौँ । तपाईहरू त झन् शिक्षक हुनुहुन्छ, तपाईहरूको त झन् ठुलो जिम्मेवारी र भुमिका छ यसमा ।कृपया, आफ्नो कुरा राख्नलाई चेतनशील भएर विद्यार्थीहरूको पढाइ नबिगारी कार्यक्रम गरिदिनुहोला । गाउँ गाउँमा सिहदरबार भन्ने त नारा मात्र भयो । आशा छ एकदिन आफ्नो अधिकारको लागि काठमाडौ धाइरहनु नपरोस् ।’

विगत पाँच दिनदेखि सडक नै अवरुद्ध गरेर यात्रुहरुलाई दुःख दिइरहेका शिक्षकहरुले सडकको फोहोर सफा गरेर भने सह्राहनिय काम गरेका छन् । शिक्षकहरुको आन्दोलनका कारण काठमाडौंको बानेश्वर–माइतीघर सडक क्षेत्रमा ट्रफिक समस्या हुँदै आएको छ । त्यसतर्फ पनि शिक्षहरु सचेत हुने हो भने आम सर्वसाधरणले समेत शिक्षकहरुलाई साथ दिनेमा दुईमत छैन ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट