Logo

Oct 27 2026 | २०८३, कार्तिक ११गते

शिक्षक हड्तालकाबीच नयाँ भर्ना अभियानको योजना बनाउँदै सरकार

शिक्षक हड्तालकाबीच नयाँ भर्ना अभियानको योजना बनाउँदै सरकार

काठमाडौं : नयाँ शैक्षिकसत्र २०८२ शुरु हुन अब एक हप्ता मात्र बाँकी छ ।तर, भर्ना अभियानको मुख्य सरोकार राख्ने शिक्षकहरू भने सडक आन्दोलनमा छन् ।गुणस्तरीय विद्यालय शिक्षा, विद्यार्थी र शिक्षक–कर्मचारीमैत्री विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने माग राख्दै महासंघको नेतृत्वमा देशभरका शिक्षकहरु २०८१ माघ २० गतेदेखि निरन्तर आन्दोलनमा छन् ।चैत्र २५ गतेबाट आम शैक्षिक हडतालको घोषणा गर्दै शिक्षकहरूले एसईईको उत्तरपुस्तिका परीक्षण नगर्ने, गोष्ठी तथा तालिममा सहभागी नहुने अडान लिएका छन् ।

यता, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय भने २०८२ वैशाखबाट सुरु हुने नयाँ शैक्षिकसत्रको भर्ना अभियानको योजना बनाउँदै छ ।शिक्षकहरूको आन्दोलन जारी रहे नयाँ भर्ना अभियान समेत प्रभावित हुन्छ ।

‘शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले भने-‘केन्द्रले भर्ना अभियानको योजना बनाएर फाइल मन्त्रालयमा पठाईसकेको छ । भर्ना अभियानको गृहकार्य भइरहेको छ । योजना बनाएर मन्त्रालयमा पठाएका छौँ ।’भर्ना अभियान सुरु हुनुअघि शिक्षकसँग सहमति हुने विश्वास केन्द्रको छ । केन्द्रले भर्ना अभियान, निःशुल्क पाठ्यपुस्तक, प्रारम्भिक बालविकास, छात्रवृत्ति लगायतका योजना बनाएको छ ।

शैक्षिकसत्र अगाडि नै विद्यार्थीलाई हातहातमा पुस्तक पुर्‍याउने योजना सहित पुस्तक जिल्ला जिल्लामा पठाउने काम भइरहेको छ । तर, विद्यालयबाट विद्यार्थीलाई वितरण गर्न शिक्षक नै सडक आन्दोलनमा छन् ।यदि वैशाखअघि सहमति नभए ७० लाख बढी बालबालिकाको पढाइ प्रभावित हुनेछ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट