Logo

Oct 27 2026 | २०८३, कार्तिक ११गते

पारिजातको सम्झनामा सिड्नीमा विशेष साहित्यिक तथा सांस्कृतिक कार्यक्रम आयोजना हुने

पारिजातको सम्झनामा सिड्नीमा विशेष साहित्यिक तथा सांस्कृतिक कार्यक्रम आयोजना हुने

काठमाडौँ : नेपाली साहित्यकी कालजयी स्रष्टा पारिजातको ८८ औँ जन्म जयन्तीको अवसरमा अस्ट्रेलियाको सिड्नीमा विशेष साहित्यिक तथा सांस्कृतिक कार्यक्रम आयोजना गरिने भएको छ।

नाइँ एकेडेमी अस्ट्रेलियाको आयोजनामा १९ अप्रिल २०२५, शनिबारका दिन हुने यस कार्यक्रममा ‘वर्ष युवा पुरस्कार २०२५’ पनि प्रदान गरिने अध्यक्ष सिमा रोशीले जानकारी दिइन्।सिड्नीमा हुने कार्यक्रम दिउँसो १२:३० देखि ४:३० बजेसम्म सञ्चालन हुनेछ। प्रवासमा नेपाली साहित्यको संरक्षण प्रचार–प्रसार र सिर्जनात्मकता प्रोत्साहन गर्ने उद्देश्यले आयोजना गरिन लागेको यस कार्यक्रममा विविध सांस्कृतिक र साहित्यिक गतिविधिहरू समावेश गरिनेछ।

कार्यक्रमका प्रमुख आकर्षणहरूमा पुरस्कार वितरण, कविता वाचन, नृत्य र सङ्गीत प्रस्तुति, साथै नेपाली परिकार र पेय पदार्थको स्वादिलो व्यवस्था रहनेछ।कार्यक्रममा प्रमुख अतिथिका रूपमा नेपालबाट आउनु हुने नाइँ एकेडेमी नेपालकी चान्सलर इन्दिरा प्रसाईँले विशेष सम्बोधन गर्नेछिन्।त्यसैगरी, चर्चित नेपाली गायकद्वय निशा केसी र सुनिल कटुवालले साङ्गीतिक प्रस्तुति दिनेछन्।

नेपाली भाषा, साहित्य र युवापुस्तालाई प्रवासमा पनि प्रेरणा दिन र सृजनशील योगदानको कदर गर्न नाइँ एकेडेमी अष्ट्रेलियाले हरेक वर्ष प्रदान गर्दै आएको ‘वर्षको युवा पुरस्कार २०२५’ यसपटक पनि प्रदान गरिने आयोजकले बताएको छ ।

अष्ट्रेलियामा क्रियाशील विभिन्न व्यवसायिक, सामाजिक तथा सञ्चार संस्थाहरूको साथ र सहकार्यमा कार्यक्रम सम्पन्न गरिनेछ। आयोजकले सम्पूर्ण नेपाली समुदायलाई समयमै उपस्थित भई नेपाली प्रतिभाको सम्मानमा सहभागिता जनाउन आग्रह गरेका छन्।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट