Logo

Oct 27 2026 | २०८३, कार्तिक ११गते

३५ दिनमा सकियो फिल्म ‘हर्ष’ को छायाङ्कन

३५ दिनमा सकियो फिल्म ‘हर्ष’ को छायाङ्कन

काठमाडौँ : अभिनेता खगेन्द्र लामिछाने र अभिनेत्री वर्षा राउतको मुख्य भूमिका रहेको फिल्म ‘हर्ष’ को छायाङ्कन सकिएको छ । एकता पौडेल निर्देशित फिल्मको छायाङ्कन ३५ औँ दिनमा प्याकअप भएको हो ।

४० दिनको सेड्युल सहित सुरु गरेको फिल्म ३५ दिनमै सकिएको निर्देशक पौडेलले बताइन् । पौडेलको यो निर्देशनमा डेब्यु फिल्म हो । फिल्मको सबै छायाङ्कन चितवनमा गरिएको हो ।

फिल्ममा खगेन्द्र र वर्षाको अलवा सन्तोष पन्त, शर्मिला मल्ल, माओत्से गुरुङ, विशाल पहाडी, निमा पाण्डे, सुवर्ण थापा, सृष्टि महर्जन तथा सङ्गीता नापित लगायतको अभिनय छ ।निर्देशक पौडेल दिवङ्गत निर्देशक शिव रेग्मीकी भान्जी हुन् । उनले न्युयोर्क फिल्म एकेडेमीमा फिल्म मेकिङ अध्ययन गरेकी छन् ।

पारिवारिक सामाजिक कथामा बनेको निर्देशक पौडेलले लेखेकी हुन् । आलोक शुक्लाको छायाङ्कन, एलिश कार्कीको सङ्गीत रहेको फिल्ममालोकेश बज्राचार्यको सम्पादन रहनेछ ।ई–प्राइम मुभिज र अष्टलक्ष्मी प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्मका निर्माता प्रशन्न पौडेल र विकास पौडेल तथा कार्यकारी निर्मातामा हिक्मत चोखल (चितवन) रहेका छन् ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट