Logo

Oct 27 2026 | २०८३, कार्तिक ११गते

विद्युतत्मा आत्मनिर्भर बनाउने प्रयास थियो, ऊर्जामन्त्रीबाट नैतिक प्रश्न उठाउने काम भयो : कुलमान

विद्युतत्मा आत्मनिर्भर बनाउने प्रयास थियो, ऊर्जामन्त्रीबाट नैतिक प्रश्न उठाउने काम भयो : कुलमान

काठमाडौं : नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक पदबाट बर्खास्तीमा परेपछि कुलमान घिसिङले पहिलोपटक आफ्नो धारणा सार्वजनिक गरेका छन् ।शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन आयोजना गर्दै ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दिपक खड्काले अनावश्यक नैतिक प्रश्न उठाउने काम गरेको आरोप लगाएका छन् ।

पत्रकार सम्मेलनमा बोल्दै घिसिङले भने–‘विद्युतत्मा आत्मनिर्भर बनाउने मेरो प्रयास थियो, ममाथि वर्तमान ऊर्जामन्त्रीबाट अनावश्यक नैतिक प्रश्न उठाउने काम भयो ।’ सरकारको निर्णयले काम गर्ने कर्मचारीलाई हतोत्साहित बनायो, म जिम्मेवार नागरिकका रूपमा कहिल्यै कम हुने छैन ।’

उनको विज्ञप्तिमा भनिएको छ-‘प्राधिकरणको कार्यकारी निर्देशकलाई गाली गर्न राज्यका जिम्मेवार व्यक्तिहरूले नै सार्वभौम संसद्‍को रोष्ट्रम कसरी सदुपयोग वा दुरुपयोग गरे ? नेपाली जनता आफै प्रत्यक्षदर्शी हुनुहुन्छ । तर त्यसबाट म उत्तेजित वा हतोत्साहित भएको छैन । किनकि एक इमानदार राष्ट्रसेवकका रुपमा मैले आफ्नो कार्यकाल समीक्षा गर्दा पछुतो गर्नुपर्ने कुनै काम गरेको छैन, अवसर र अधिकारलाई सदुपयोग गर्ने एक क्षण पनि खेर फालेको छैन ।’

‘ऊर्जामा मुलुकलाई आत्मनिर्भर बनाउँदै छिमेकी मुलुक भारत र बंगलादेशसम्म विद्युत् व्यापार विस्तार गर्नेलगायतका अभियानमा सक्रिय भएकोमा गत असारमा वर्तमान सरकार र ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री आएपछि ममाथि अनावश्यक र गैरकानुनी दबाब सिर्जना भएको विषयमा सिंगो देश साक्षी छ । सरकारका नेतृत्वदायी जिम्मेवारीमा रहेका पदाधिकारीहरूबाटै प्राधिकरणको संस्थागत विकास, उन्नतिका कामकारबाही प्रभावकारी बनाउन परिपक्व सल्लाह, मार्गदर्शन र संरक्षकत्व प्राप्त हुनुको सट्टा मेरो तेजोबध गर्न, मनोबल गिराउन ममाथि सुनियोजित आक्रमणमा उत्रनुभयो । यो किन गरियो र कसका लागि गरियो भन्ने पनि प्रष्ट छ ।’-विज्ञप्तिमा थप भनिएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट