Logo

Oct 28 2026 | २०८३, कार्तिक १२गते

हिंसात्मक प्रदर्शनका कमान्डर दुर्गा प्रसाईँको खोजी तीब्र

हिंसात्मक प्रदर्शनका कमान्डर दुर्गा प्रसाईँको खोजी तीब्र

काठमाडौँ : शुक्रवार काठमाडौँमा तीनकुनेमा भएका हिंसात्मक प्रदर्शनका कमान्डर मेडिकल व्यवसायी दुर्गा प्रसाईँ अझै पक्राउ परेका छैनन्।काठमाडौँ प्रहरी परिसर र उपत्यका अपराध अनुसन्धान कार्यालयले प्रसाईँको खोजी तीव्र पार्दै छन्।

प्रसाईँले प्रदर्शनकारीलाई उक्साएर प्रहरीलाई गाडी हुर्काएर प्रदर्शनलाई हिंसात्मक बनाएका थिए। यस घटनामा दुई जनाको मृत्यु र सुरक्षाकर्मीसहित ११०जना घाइते भएका थिए। कर्फ्यु आदेश जारी गरेपछि, प्रसाईँको खोजी तीव्र भएको थियो।

उनका मोबाइल फोन अफ गरेर भागेको जानकारी प्राप्त भएको छ। उनको अन्तिम लोकेसन गैरी गाउँ देखिएको थियो। उनीमाथि ज्यान मार्ने उद्योग, हिंसात्मक गतिविधि, आगजनी र सार्वजनिक सम्पत्ति तोडफोडका आरोप लगाइएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij