Logo

Oct 28 2026 | २०८३, कार्तिक १२गते

प्रदर्शनका नाममा गरिएको हिंसात्मक गतिविधिको इन्सेकद्वारा भर्त्सना

प्रदर्शनका नाममा गरिएको हिंसात्मक गतिविधिको इन्सेकद्वारा भर्त्सना

काठमाडौँ : पूर्वराजाका समर्थकहरूले काठमाडौँमा गरेको प्रदर्शनका क्रममा गरिएको आगजनी, तोडफोड र लुटपाटका घटनाले लोकतान्त्रिक मूल्य–मान्यता र व्यक्तिको जिउधनको सुरक्षाको आधारभूत अधिकारको हनन् भएको घटनाप्रति इन्सेकले भर्त्सना गरेको छ ।

इन्सेकका अध्यक्ष डा कुन्दन अर्यालद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ - 'आन्दोलनका नाममा गरिएको आगजनीमा पत्रकारको मृत्यु भएको छ । यही क्रममा एकजना प्रदर्शनकारीको समेत मृत्युको खबर सार्वजनिक भएको छ । प्रदर्शनका नाममा राजनीतिक दल तथा आमसञ्चार माध्यमका कार्यालयहरूमा गरिएको आक्रमणलाई लोकतान्त्रिक अभ्यास मान्न सकिँदैन ।'

जनताको जिउधनको सुरक्षा गर्ने आफ्नो दायित्व पूरा गर्न, अपराधमा संलग्नहरूलाई कानुनको दायरामा ल्याउन तथा आगामी दिनमा यस्ता घटनाको पुनरावृत्ति हुन नदिन आवश्यक सुरक्षा प्रबन्ध मिलाउन नेपाल सरकार समक्ष माग गरिएको विज्ञप्तिमा उल्लेख छ ।घटनामा घाइते भएकाहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै मृतकहरूप्रति श्रद्धाञ्जली व्यक्त गरेको इन्सेकका अध्यक्ष डा अर्यालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij