Logo

Oct 28 2026 | २०८३, कार्तिक १२गते

भक्तपुरमा १०६ वर्षका जेष्ठ नागरिकसहित सगरमाथा चढ्ने जुम्ल्याहा दाजुभाई सम्मानित

भक्तपुरमा १०६ वर्षका जेष्ठ नागरिकसहित सगरमाथा चढ्ने जुम्ल्याहा दाजुभाई सम्मानित

भक्तपुर: मध्यपुरथिमी नगरपालिकाले आफ्नो २९औं स्थापना दिवसको अवसरमा १०६ वर्षका जेष्ठ नागरिकसहित सगरमाथा चढ्ने दुई जुम्ल्याहा दाजुभाईलाई सम्मान गरेको छ ।एक समारोहकाबीच उत्कृष्ट कर्मचारी, करदाता, उपभोक्ता, ज्येष्ठ नागरिक र सेवा निवृत्त कर्मचारीहरुलाई सम्मान गरेको हो ।

विभिन्न विधामा उत्कृष्टता हासिल गर्ने नगरबासीहरुलाईसमेत सम्मान गरेको मध्यपुर थिमि नगरपालिकाले उत्कृष्ट कर्मचारीको रुपमा आर्थिक विकास महाशाखा प्रमुख तुलसी भक्त तकोलाई सम्मान गरेको नगर प्रमुख सुरेन्द्र श्रेष्ठले बताउनुभयो ।

यस्तै सामुदायिक विद्यालयतर्फ आदर्श मा.वि. संस्थागत विद्यालयतर्फ मातृभुमी स्कुल, जिब्रो छेड्ने जात्रामा जिब्रो छेड्ने विरेन्द्रभक्त गजु श्रेष्ठ र सुजन बाग श्रेष्ठ, सगरमाथा आधार शिविर चढ्न सफल मध्यपुर थिमि ७ नगदेशका दुई जुमल्याहा दाजुभाई त्रिनेश कवाडी र त्रिजल कवाडी, नेवा आइडल सिजन २ गायन प्रतियोगिताका विजेता आश्रेय रन्जितलाई पनि सम्मान गरेको छ ।

मध्यपुर महोत्सव २०८१ को सफलताले नगरमा पर्यटन उद्योगको सम्भावना बढेको बताउँदै नगरप्रमुख सुरेन्द्र श्रेष्ठले मध्यपुर महोत्सव देशकै नमूना साँस्कृतिक महोत्सव बनेको जिकिर गर्नुभयो ।

स्थापना दिवसको उद्घाटन गर्नुहुदै संघीय सांसद तथा नेपाली काँग्रेस भक्तपुर सभापति  दुर्लभ थापाले कसैले चाँहदैमा राजसस्था नफर्किने ठोकुवा गर्नु भयो ।

जनताको व्यवस्थामा कोही रैती बन्न तयार छ भने त्यो उसको समाप्ती हो भन्दै घरघरमा जननिर्वाचित राजा हुँदाहुँदै पनि राजा किन चाहियो भनी प्रश्नसमेत गर्नुभयो ।

कार्यक्रममा नगरप्रमुख सुरेन्द्र श्रेष्ठले सुशासन र पारदर्शी सेवा प्रवाहका लागि चालु आर्थिक वर्ष ऐन, निती नियम, कार्यविधि, निर्देशिका १९ वटा निर्माण भएको, सूचनाको हक प्रयोग गरी सूचना माग संख्या ३४ वटामा सबै माग बमोजिम सूचना उपलब्ध गराएको, हेलो सरकारमा मध्यपुर थिमि नगरपालिकाको कामकाजको विषयमा परेको उजुरी गुनासोको संख्या १५ वटामा सबै गुनासो र उजुरीको सुनुवाई भएको बताउनुभयो ।

प्रमुख प्रशासकिय अधिकृत रामबहादुर केसी, नगर प्रवक्ता कृष्णहरी आचार्यले नगर भित्र भएका विभिन्न साँस्कृतिक परमपरा, सस्कार र पर्यटन गतिविधिका बारेमा चर्चा गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij