Logo

Oct 28 2026 | २०८३, कार्तिक १२गते

नेपालको पहिलो इलेक्ट्रिक पिकअप रिडारा सार्वजनिक

नेपालको पहिलो इलेक्ट्रिक पिकअप रिडारा सार्वजनिक

काठमाडौं : नेपालमा रिडाराको आधिकारिक वितरक सीजी मोटर्सले नेपालकै पहिलो शतप्रतिशत इलेक्ट्रिक पिकअप सार्वजनिक गरेको छ ।काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी सवारी सार्वजनिक गरिएको हो । सो कार्यक्रममा १० वटा रिडारा गाडी बुकिङ भएको कम्पनीले जनाएको छ ।अत्याधुनिक प्रविधि र उत्कृष्ट कार्यक्षमताका साथ डिजाइन गरिएको रिडारा फोर ह्‍विलले ईभी पिकअप सेगमेन्टमा नयाँ स्तर स्थापित गरेको छ ।

४२४ किलोमिटरको रेन्ज दाबी गरिएको गाडीमा ७२ किलोवाट आवर क्षमताको ब्याट्री छ ।नेपालका विविध भूगोल र सडक अवस्थालाई मध्यनजर गर्दै गाडीमा सात फरक-फरक ड्राइभिङ मोडहरू समावेश छन् ।

साथै, ५४० डिग्रीमा घुमेका क्यामेराले यसलाई सहज सुरक्षा सतर्कता अपनाउन मद्दत गर्ने कम्पनीको दाबी छ । २२५ मिलिमिटरको ग्राउन्ड क्लियरेन्स रहेको गाडीमा ६.१ मिटरको टर्निङ रेडियस छ ।रिडाराको प्रारम्भिक मूल्य ७९ लाख ९९ हजार रुपैयाँ तोकिएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij