Logo

Oct 28 2026 | २०८३, कार्तिक १२गते

कुलमान बर्खास्तीको नेपाली जनप्रगतिशील मञ्च जापानद्वारा विरोध

कुलमान बर्खास्तीको नेपाली जनप्रगतिशील मञ्च जापानद्वारा विरोध

काठमाडौँ : नेपाली जनप्रगतिशील मञ्च, जापानले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई बर्खास्त गर्ने सरकारको निर्णयको विरोध गरेको छ । मञ्चले एक प्रेस विज्ञप्ति जारी गर्दै कुलमान बर्खास्तीको विरोध गरेको हो । दिनको १८ देखि २० घण्टासम्म लोडसेडिङको मार खेपिरहेका नेपाली जनतालाई आफ्नो विज्ञता, ज्ञान, अनुभव र कार्य कुशलता मार्फत अध्यारो युगको अन्त्य गर्दै देशलाई उज्यालो युगमा प्रवेश गराउने घिसिङलाई कार्यकाल सकिनु अगावै गरिएको बर्खास्ती आपत्तिजनक रहेको अध्यक्ष मोहन पौडेल र महासचिव दावा लामाद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ ।

जनताको हजारौँ जनगुनासा र असन्तुष्टिहरूलाई सम्बोधन गर्न छाडेर घाटामा रहेको प्राधिकरणलाई १२ अर्ब नाफामा लैजाने र ब्यापारीहरुबाट प्राधिकरणको अर्बौँ बाँकी बक्यौता रकम उठाउन प्रतिबद्ध घिसिङमाथि गरिएको अन्न्यायपूर्ण निर्णयले वर्तमान सरकार जनताको नभएर बिचौलियाको सरकार भएको मञ्चको जिकिर छ । साथै मञ्चले समाजवादी मोर्चाको आयोजनामा चैत्र १५ गते भष्ट्राचार र बेतिथिको विरुद्ध र गणतन्त्रको पक्षमा काठमाडौँमा हुन गइरहेकोले जनपर्दशनमा सहभागी हुन समेत सबैमा आह्वान गरेको प्रवक्ता जिपी लामिछानेले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij