काठमाडौं : त्रिचन्द्र क्याम्पसमा चैत १३ गते स्ववियु निर्वाचन घोषणा गरिएकोप्रति अनेरास्ववियुले आपत्ति जनाएको छ । क्याम्पस प्रशासन र निर्वाचन समितिले एकलौटी निर्वाचनको मिति घोषणा गरिएको भन्दै अनेरास्ववियुले आपत्ति जनाएको हो ।
अनेरास्ववियु स्ववियु उपाध्यक्ष नारायण घर्तीले आफुहरूसँग कुनै सहमति नगरी निर्वाचनको मिति घोषणा गरिएको बताए । अनेरास्ववियुले आफूहरुसँग छलफल नै नगरी हतार हतारमा निर्वाचनको मिति घोषणा गरेको भन्दै क्याम्पसमा नारावाजी समेत गरेको छ ।
निर्वाचन अधिकृत अङ्गदमणि गौतमले आज सूचना जारी गर्दै चैत १३ गते स्ववियु चुनाव हुने जानकारी गराएका थिए । लगत्तै रातारात फर्जी कार्ड बनाएर वास्तविक विद्यार्थीलाई कार्ड नदिई निर्वाचन गर्न खोजिएको भन्दै नाराबाजी गरिएको अनेरास्ववियुले जनाएको छ ।क्याम्पसले १२ सयभन्दा धेरै फर्जी कार्ड जारी गरेको र त्यसको छानबिन नभई निर्वाचन गर्न नहुने अनेरास्ववियुले जनाएको छ । त्यसमा नेविसंघको असन्तुष्ट पक्षले समेत साथ दिएको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij