Logo

Oct 28 2026 | २०८३, कार्तिक १२गते

निफमा लक्ष्मण सुवेदी निर्देशित ‘सतिदेवी’ले जित्यो उत्कृष्ट फिचर फिल्म अवार्ड

निफमा लक्ष्मण सुवेदी निर्देशित ‘सतिदेवी’ले जित्यो उत्कृष्ट फिचर फिल्म अवार्ड

काठमाडौँ : आठौंं नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ)मा लक्ष्मण सुवेदी निर्देशित चलचित्र ‘सतिदेवी’ले उत्कृष्ट फिचर फिल्म अवार्ड जितेको छ । धेरै फिल्मलाई पछि पार्दै सतिदेवीले यो अवार्ड हात पारेको हो । कार्यक्रममा फिल्मका लेखक, निर्देशक लक्ष्मण सुवेदीले अवार्ड थापे ।

त्यस्तै मिन बहादुर भामद्वारा निर्देशित चलचित्र शाम्बालाले उत्कृष्ट गौतम बुद्ध अवार्ड जितेको छ भने चलचित्र आखाँले उत्कृष्ट राष्ट्रिय फिचर फिल्म अवार्ड पाएको छ । उत्कृष्ट निर्देशक तर्फ पुजार सार्की बाट निर्देशक दिनेश राउतले अवार्ड पाएका छन् ।

सोमबार सम्पन्न महोत्सवमा उत्कृष्ट महिला कलाकार अवार्ड चलचित्र पुजार सार्कीबाट नायिका अञ्जना बराईली, उत्कृष्ट पुरूष पात्र अवार्ड आखाँबाट आर के मेहता, राष्ट्रिय फिचर फिल्म छायांकार राजेश श्रेष्ठ र राष्ट्रिय चलचित्र लेखन अवार्ड जौन योञ्जनले पाएका छन् ।

महोत्सवमा भारतीय चलचित्र रूक्मिणीले डङ्की नाट्य अवार्ड मञ्जुश्री अवार्ड (एआई फिल्म अवार्ड) अर्जेन्टिनाको चलचित्र द अविस्ले पाएको छ । उत्कृष्ट सर्ट फिल्म डिरेक्टर अवार्ड निशान खत्रीको चलचित्र ‘अ बिटनेस’ ले पाएको छ भने, ‘माउन्ट एभरेस्ट अवार्ड’ बेल्जियमको ‘मेल्टिङ स्नु’ ले पाएको छ । यस वर्ष ‘बागमती अवार्ड’ स्पेनको चलचित्र ‘लुसिया जि रोमेरो’ ले जितेको छ ।

यसैगरि उत्कृष्ट राष्ट्रिय डकुमेन्ट्री फिल्म अवार्ड सुविना श्रेष्ठको ‘देवि’, अडियन्स चोइस अवार्ड डकुमेन्ट्री तर्फ चलचित्र ‘गल्स रि राइटिङ डेस्टिनि’, उत्कृष्ट सर्ट चलचित्र अवार्ड र राष्ट्रिय सर्ट फिल्म अवार्ड निराजन राज भेटवालको चलचित्र ‘द विटनेस ट्रि’ ले पायो। चैत्र ७ गतेदेखि काठमाडौँमा आयोजितय निफ महोत्सवमा ४० देशका ८७ फिल्म प्रदर्शन भएका थिए ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट