Logo

Oct 29 2026 | २०८३, कार्तिक १३गते

७५ लाखमा कार किन्दा पूजाले भुलिन् ‘रावायण’का प्राविधिकको १५ लाख पारिश्रमिक

७५ लाखमा कार किन्दा पूजाले भुलिन् ‘रावायण’का प्राविधिकको १५ लाख पारिश्रमिक

काठमाडौं : अभिनेत्री पूजा शर्मालाई गुमनाम बस्न मन पर्दैन। उनी कुनै न कुनै रूपमा चर्चामै रहन रुचाउँछिन्, चाहे त्यो आलोचना होस् वा वाहीवाही।यतिबेला फेरि उनी ७५ लाखमा कार किनेको विषयले चर्चामा छिन्। ७५ लाखको कार किन्दा उनले केही युट्युबर भेला पार्न समेत भ्याइन्।एक हुल युट्युबरले घेरिएकी उनले आफूलाई करिव ६ महिना साँढे सातको दशा लागेको र अहिले त्यो सुध्रँदै गएकाले पुरानो गाडी बेचेर नयाँ किनेको बताइन्।

७५ लाखको गाडी किन्दै गर्दा उनले गत भदौमा प्रदर्शनमा आएको फिल्म ‘रावायण’का प्राविधिकरूलाई भने भुलिन्। फिल्म बनेर, हलमा लागिकन फ्लप भइसक्दा समेत त्यसका प्राविधिकले १५ लाख रुपैयाँ पाएका छैनन्।

यो फिल्म सुदर्शन थापा र पूजा शर्माले मिलेर निर्माण गरेका हुन्। प्राविधिकको १५ लाख पारिश्रमिक कसले दिने भन्ने विषयमा अहिले यी दुईबीच तीव्र विवाद छ। एक महिनाअघि प्राविधिक संघको कार्यालयमा यस बारेमा ठूलै लफडा परेको थियो।

सुदर्शन र पूजाबीच कसले यो पैसा बुझाउने भन्ने कुरामा नै अहिलेसम्म विवाद मिलेको छैन। दुई निर्माताबीचको लफडाले प्राविधिकले श्रम गरेको १५ लाख रुपैयाँ नपाउँदा निर्माता समेत रहेकी पूजा भने ७५ लाखको कार किनेर भन्दै प्रचारमा मस्त छिन्।युट्युबर भेला पारेर कारको किनेको हल्ला गर्नु साटो प्राविधिकको १५ लाख पारिश्रमिक दिएँ है भन्दा पो मजा सुनिथ्यो होला नि त पूजा जी!

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij