Logo

Oct 31 2026 | २०८३, कार्तिक १५गते

कांग्रेससँगको सहकार्य ०८४ को चुनावसम्मै जान्छ : शंकर पोखरल

कांग्रेससँगको सहकार्य ०८४ को चुनावसम्मै जान्छ : शंकर पोखरल

काठमाडौं : नेकपा एमालेका महासचिव शंकर पोखरलले कांग्रेससँगको सहकार्य ०८४ को चुनावसम्मै जाने दाबी गरेका छन् ।नेपाल राष्ट्रिय होटेल व्यवसायी संघको प्रथम अधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै महासचिव पोखरलले सो कुरा बताएका हुन्।सत्तामा सहकार्य गरे पनि निर्वाचनमा एक्लाएक्लै जाने र त्यसपछिको सरकार जनमतले दिएको निर्देशनअनुसार हुने उनको भनाइ छ ।

उनले कसैले चाहँदैमा एमाले–कांग्रेसको सहयात्रा नटुट्ने बताए । साना दलले पटकपटक राजनीतिक अस्थिरता निम्त्याएर मुलुकको विकासमा बाधा पारेपछि एमाले–कांग्रेस मिल्न बाध्य भएको महासचिव पोखरेलले बताए ।

अहिलेको सत्ता सहकार्यको मुख्य कारण अस्थिरता समाप्त गर्ने रहेको भन्दै उनले राजनीतिक धुव्रीकरणका माध्यमबाट मुलुकमा स्थायी सरकारको निर्माण सुनिश्चित गर्नुपर्ने मान्यताको पक्षमा दुई पार्टी रहेको बताए ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij